Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सेतोगुराँसद्धारा आर्ट थेरापी परियोजना सम्पन्न

Published on 1:51:00 PM //

कविता घर्तीमगर, 
बागलुङ । सेतोगुराँस बालबिकास सेवा बागलुェले जिल्लाका ५ वटा गाविसमा प्रारम्भिक बालविकासका लागि सञ्चातिल आर्ट थेरापी परियोजना सकिएको छ । सेभ द चिल्ड्रेनको सहयोग र जिल्ला शिक्षा कार्यलयसँगको सहकार्यमा सेतोगुराँसले आर्ट थेरापी परियोजना सम्पन्न गरेको हो । आर्ट थेरापीले द्धन्द तथा हिंसाबाट प्रभावित बालबालीकाहरु र प्रारम्भीक बालबालिकाहरुको कला माध्यमद्धारा भावनात्मक बिकाश गर्ने लक्ष्य लिएको छ । बालबालिकाको अधिकारलाई स्थापित गराउन भन्दै कलात्मक सिकाइका लागि जिल्ला शिक्षा कार्यालयसँगको समन्वयमा सेतो गुराँसले परियोजना संचालन गरेको थियो ।

जिल्लाका ५ गाविसमध्ये जलजलामा मंसिर २४ गते, ग्वालीचौरमा २५ गते, भिमगीठेमा २६ गते, राजकुतमा २७ गते र बुर्तिबाङमा २८ गते बहिर्गमन सम्पन्न भएको थियो ।

साथै उक्त अवसरमा कार्यक्रम अधिकृत केशव सिग्देलले बालविकासमा संवेदनशिल भएर लाग्न आग्रह गर्नुभएको थियो । सेतो गुराँसको बहिर्गमन पछि विभिन्न क्षेत्रबाट सहयोग जुटाएर वालविकास केन्द्रलाई संचालन गर्ने जिल्लामा रहेका विभिन्न केन्द्रहरुले प्रतिवद्धता जनाएको सेतो गुराँसले जनाएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग