Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सडकबाटै समानान्तर संविधान आउने माओवादी नेता गजुरेलको चेतावनी

Published on 2:01:00 PM //

बिक्रम खड्का
बुटवल, ११ पुस । नेकपा माओवादीका उपाध्यक्ष सिपि गजुरेलले अहिलेको प्रतिगामी संविधानसभाले संविधानले जारी गरेले जनताले च्यात्ने बताएका छन् ।उनले नेपाली जनता जनसंविधान चाहेको भन्दै २०४७ को संविधान जारी भए सडकबाट समानान्तर संविधान आउने घोषणा गरे ।

उनले नेपाली सेना, सर्बोच् अदालत तथा विदेशी शक्तिहरु लागेर विदेशीको ईशारामा संविधान सभाको निर्वाचन भएपनि त्यो पुर्ण रुपमा सफल भएको तर्क गरे । उनले संविधानसभा चुनावमा ८० प्रतिशत मतदान भएको भनी निर्वाचन आयोगले गरेको प्रचार तथ्यसंगत नभएको जिकिर गर्दै ४६ दशमलव ३ प्रतिशत मात्र मतदान भएको दावी गरे ।

 उनले सर्वपक्षीय राजनितिक सभा गरि सविधानका अन्तरवस्तुमा सहमति र संयुक्त राष्ट्रिय सरकार नबनेसम्म देशले निकास नपाउने तर्क गर्दै ३३ दललाई बाहिर राखेर संविधान जारी गरे त्यो स्वीकार्य नहुने  जिकिर गरे । उनले आफुहरुलाई कसैले दिएको सिट लिएर संविधानसभामा नजाने स्पष्ट पारे ।

 उनले संसारका कतिपय देशमा संविधानसभा बाहिरबाटै राम्रा संविधानहरु बनेको दावी गर्दै सविधानसभा चुनावप्रति चुनावमा सहभागी दलहरुबाटै प्रश्नचिन्ह उठेकाले सर्वपक्षीय राजनीतिक सभाबाट संविधान बनाउनु उपयुक्त हुने उनले तर्क गरे ।

उनले डाकुको क्यान्टोन्मेन्टमा भएको आर्थिक अनियमिताको मुद्दाबाट डराएर त्यसबाट बच्न संविधानसभामा भाग लिन तयार भएको बताएका छन् । संविधानसभा चुनावबाट तेस्रो शक्तिमा झरेपछि संविधानसभामा नजाने अडान लिएको एमाओवादी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लडाकुको तत्कालीन क्यान्टोन्मेन्टमा भएको आर्थिक अनियमिताको मुद्दालाई उठाउन खोजेपछि त्यसबाट बच्न सविधान जान वाध्य भएको उनले आरोप लगाए ।

 ‘जब अख्तियारले क्यान्टोन्मेन्टको ११ अर्बको भ्रष्टाचारको मुद्दा उठाउन खोज्यो त्यसपछि उहांहरु डराएर एकाएक आफ्नो निर्णयबाट पछि हटेर सविधानसभामा जान वाध्य हुनुभयो’–बिहीबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा गजुरेलले
भने–‘अख्तियारले त्यो मुद्दा उठाउन नखोजेको भए उहांहरु यति सजिलै सविधानसभामा जानुहुन्थेन ।’

उनले आफ्ना मागहरु सम्बोधन नभए सशक्त सडक आन्दोलनमा जाने गरी अबको तीन महिना देशभर वडा तहसम्म संगठन विस्तार र सुदृढिकरण गर्ने योजनामा रहेको बताए ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग