Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीका विद्यार्थीले आफूले पढेकै विद्यालयबाट परीक्षा दिन नपाउने

Published on 2:13:00 AM //

भरत पाण्डे
गुल्मी । यस वर्षको एसएलसी परीक्षामा गुल्मीका विद्यार्थीले आफूले पढेकै विद्यालयबाट परीक्षा दिन नपाउने भएका छन् । चैत ६ गतेदेखि सञ्चालन हुने एसएलसी परीक्षामा गुल्मीमा पनि होम सेन्टर नराख्ने भएपछि विद्यार्थीले आफूले पढेको विद्यालयबाट परीक्षा दिन नपाउने भएका हुन् । सरकारले ६२ जिल्लामा अघिल्लो वर्ष नै होम सेन्टर हटाएको थियो ।
सोमबार बसेको यहाँको जिल्ला परीक्षा समन्वय समितिले यो वर्षदेखि गुल्मीमा पनि होम सेन्टर नरहने गरी परिक्षा केन्द्र कायम गर्ने निर्णय गरेको जिल्ला शिक्षा अधिकारी गोविन्दप्रसाद अर्यालले बताउनुभयो । "सरकारले पहिलेदेखि नै यस्तो नीति लिएर आएको थियो तर हामीले यो वर्षदेखि लागू गर्ने निर्णय गरेका हौँ", अर्यालले भन्नुभयो, "अब तम्घासको महेन्द्र उच्च माविमा पढेका विद्यार्थीले महेन्द्र उच्च माविकै केन्द्रमा जाँच दिन पाउने छैनन् । अर्यालले होम सेन्टर नरहने गरी परीक्षा गर्ने भए पनि परीक्षा केन्द्रहरुमा कुनै पनि घटबढ नगरिएको जानकारी दिनुभयो ।"
अघिल्लो वर्ष जस्तै जिल्लामा यो वर्ष पनि ३० वटा नै परीक्षा केन्द्र रहने छन् । "विद्यार्थी कम हुने र पायक नपर्ने जिल्लाका दुई परीक्षा केन्द्रहरुलाई भने अरु गाविसमा सारेका छौँ" उहाँले भन्नुभयो । होम सेन्टर नरहने गरी परीक्षा केन्द्र निर्धारण गर्दा परीक्षा अत्यन्तै मर्यादित हुने शिक्षा कार्यालयको अपेक्षा रहेको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग