Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नवलपरासीमा जारी राष्ट्रपति रनिङ शिल्डमा क्षेत्रिय स्तरका खेल सम्पन्न, फाईनल खेलमा खेलाडीलाई सम्मान गरिने

Published on 6:51:00 PM //

कृष्ण बिसी
नवलपरासी, पौष ५ । बिहीवार देखी नवलपरासीमा जारी छैठौ राष्ट्रपति रनिङगशिल्ड प्रतियोगिताको आज तेश्रो दिन ६ बटै निर्वाचन क्षेत्रमा क्षेत्रीयस्तरका खेल सम्पन्न भएका छन । ३० बिद्यालयको सहभागिता रहेको क्षेत्र न १ को जनक उच्च माध्यमिक बिद्यालय गैडाकोटमा भएका बिबिध खेलहरु मध्धे सटपुट छात्राछात्र दुवैतर्फ बालज्योती मावी दमार र कालिका उच्च मावी प्रथम,गैडाकोट इङलिश बोडिङ स्कुल द्धितीय र जनक उच्च माध्यमिक बिद्यालय तृतीय भएका छन ।
त्यस्तै ज्यावलिङ थ्रो छात्राछात्र दुवै तर्फ जनक उच्च मावी प्रथम,छात्र तर्फ जनता उच्च मावी द्धितीय र नारायणी मावी तृतिय भएका छन । लङजम्प तर्फ छात्रा तर्फ नेपाल राष्ट्रिय शमशेर मावी प्रथम,बिजय सामुदायिक शिक्षा सदन द्धितीय,कन्टीनेन्टल आवासीय बोडिङ उच्च मावी तृतीय भएका छन भने ट्रिपलजम्प छात्र तर्फ कालिका उच्च मावी प्रथम,साईनिङ इङलिश बोडिङ उच्च मावी द्धितीय र रत्नराज्य उच्च मावी तृतीय भएका छन । २ सय मिटर छात्रछात्रा दौड तर्फ देवचुली र कालिका उच्च मावी प्रथम,नेपाल र कन्निेन्टल उच्च मावी द्धितीय र जनक र लक्ष्मी उच्च मावी तृतिय भएका छन । छात्रछात्रा भलिवल तर्फ जनक र बालज्योती मावी दमार प्रथम,नेपाल राष्ट्रिय र जनता उच्च मावी द्धितीय भएका छन । सय मिटर छात्रछात्र दौड तर्फ बालज्योति मावी र नेपाल उच्च मावी प्रथम,कालिका उच्च मावी द्धितीय,नेपाल उच्च मावी र जनक उच्च मावी तृतिय भएका छन ।१२ बिद्यालयको सहभागिता रहेको क्षेत्र न २ को डेढगाउ उच्च माध्यमिक बिद्यालय डेढगाउमा भएको खेलमा भलिवल छात्रछात्रामा बुलिङटार र बेहाघान प्रथम,बेहाघान र नगरडाडा द्धितीय भएका छन ।त्यस्तै फरकफरक मिटरमा दौड र अन्य खेलहरु सम्पन्न भएको बिद्यालयका प्रार्चय राम बहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
 ३८ बिद्यालयको सहभागिता रहेको क्षेत्र न ३ को जनता माध्यमिक बिद्यालय ईटौरामा भएका खेल मध्धे भलिवलको छात्राछात्र दुवैतर्फ हुक्सेकोट र सरस्वती उच्च मावी प्रथम,कुमारवर्ती दुवैमा द्धितीय भएको छ । हाईजम्प छात्रछात्रामा त्रिभुवनबाल र कुमारावर्ती प्रथम,जनता र सरस्वती द्धितीय, कुमारवर्ती र जनता तृतिए भएका छन । ज्याब्लीङ थ्रोमा जनता र कुमारवर्ती प्रथम,सरस्वती र त्रिभुवनटार द्धितीय,र जनता सिद्ध अमर तृतिए भएको छ । लङजम्प छात्रछात्रामा कुमारावती र सरस्वती प्रथम एवम द्धितीय,त्रिभुवनबाल र सिद्ध अमर तृतिय भएका छन भने ट्रिपलजम्प छात्रछात्रामा जनता र कुमारवर्ती प्रथम,जनतासिद्ध अमर र जनता द्धितीय,त्रिभुवनबाल र जनतासिद्ध अमर तृतिए भएका छन । शटपुटको छात्रछात्रामा जिवनज्याति र जनतासिद्ध अमर प्रथम,जनता दुवैमा द्धितीय,त्रिभुवन र सरस्वती तृतिय भएका छन । फरकफरक मिटरदौडमा सरस्वती र जनता प्रथम,जनता र सरस्वती द्धितीय,कुमारवर्ती,जनता र शिव उच्चमावी तृतिय भएका छन ।
२८ बिद्यालयको सहभागिता रहेको क्षेत्र न ४ को देवकोटा उच्च माध्यमिक बिद्यालय सुनवलमा भएका खेलमा ज्याबलिङ था्रे छात्रछात्रा तर्फ रमवापुर मावी सुनवल र धान्यञ्चल मावी बडेरा प्रथम,सिर्दार्थ उच्च मावी र जगन्नाथ उच्च मावी द्धितीय र सिर्दाथ उमावी,रामनगर एकेडमी तृतिय भएका छन । रिले दौड छात्रछात्रा तर्फ  रमवापुर र सिदार्थ प्रथम,जगन्नाथ र जनता डैनहवा द्धितीय र महाकवी देवकोटा र सिर्दाथ तृतिय भएका छन । हाईजम्प छात्रछात्रा तर्फ जगन्नाथ र जनता मनरी प्रथम,जनता र जनसेवा द्धितीय,जगन्नाथ र धान्यञ्चल तृतिय भएका छन । ट्रिपलजम्प छात्रछात्रा तर्फ जनता र जनता मनरी प्रथम,रमवापुर र जगन्नाथ द्धितीय,भगवती र सिर्दाथ तृतिय भएका छन । लङजम्प छात्रछात्रा तर्फ जनता र जगन्नाथ प्रथम,जनता मनरी र सुनवल लोटस द्धितिय,जगन्नाथ र साकुरा मेमोरियल तृतिय भएका छन । भलिवल छात्राछात्र तर्फ देवकोटा र जनता मनरी प्रथम र जनता डैनहवा दुवै तर्फ द्धितीय भएका छन । २१ बिद्यालयको सहभागिता रहेको क्षेत्र न ५ को राजा पुर्णभद« उच्च माध्यमिक बिद्यालय पञ्चनगरमा पनि बिभिन्न खेल सम्पन्न भएको बिद्यालय श्रोतले जानकारी गराएको छ । २३ बिद्यालयको सहभागिता रहेको क्षेत्र न ६ को राष्ट्रिय उच्च माध्यमिक बिद्यालय छिवनीमा पनि तेश्रो चरणका खेल सम्पन्न भएको बिद्यालयले जनाएको छ ।  पौष १० गते सम्म चल्ने प्रतियोगितामा १ सय ५२ बिद्यालयको सहभागिता जनाएको  आयोजकले बताएको छ । नयां खेलाडी उत्पादन र पहिचान गर्ने महत्वपुणर््ँ कडी का रुपमा लिइने प्रतियोगिताको फाईनल खेल ८,९ र १० गते जनता मावी ईटौरामा हुने जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष डोलराज भण्डारीले बताउनुभयो । जिल्ला खेलकुद बिकास समिती नवलपरासीको आयोजना र जिल्ला शिÔा कार्यलयको समन्वय तथा जिल्लाका ६ बटा बिद्यालयको सञ्चालनमा उक्त प्रतियोगिता चलिरहेको हो । यसैबिच जिल्ला खेलकुद बिकास समितीले प्रतियोगिताको फाईनल समारोहमा जिल्लाको खेल क्षेत्रमा उल्लेखनिय योगदान गर्ने बिभिन्न खेलाडीहरुले सम्मान गर्ने भएको छ । समितीले ओलम्पीक खेलाडी तिलकराम थारु,फुटवल खेलाडी बिमल घर्ति मगर,तेक्वान्दो खेलाडी रविन अधिकारी र तारा पराजुली,साफ खेलमा सहभागि भएका रामेश्वर महतो,मोहन घले,जिल्ला शिक्षा अधिकारी टेक ब थापा,एन्फाका केन्द«ीय सदस्य प्रकाश पगेंनी,भलिवल सघंका केन्द«ीय सदस्य श्रीधर शर्मा,तेक्वान्दोका केन्द«ीय सदस्य धमेन्द« अग्रहरी,मुकुन्दपुर खेलकुद बिकास समिती लगाएतलाई सम्मान गर्ने भएको हो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग