Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी जिल्ला समाज युकेद्वारा आशा अपाङ्ग केन्द्र, गुल्मीलाई पाँच लाख सहयोग

Published on 6:39:00 PM //

प्रेम सुनार
गुल्मी, ६ पौष । गुल्मी घर भई वेलायतमा बस्ने नेपालीहरुले गुल्मी जिल्लाको एक संस्था मर्फत जिल्लाका अपाङ्गहरुको उपचार र पुनर्स्थापनका लागि आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।  गुल्मी जिल्ला समाज, युकेले आज एक समारोहका विच अशा अपाङ्ग केन्द्र तम्घास गुल्मीलाई पाँच लाख रुपैँया हस्तान्तरण गरेको हो । समाजका मिडिया तथा आईटी सेक्रटरी फणीन्द्र भट्टराई र कल्चर सेक्रटरी रुद्र थापाले संयुक्त रुपमा उक्त रकम सो केन्द्रलाई हस्तान्तरण गरेका हुन् ।

स्थापना काल देखि आशा अपाङ्ग केन्द्रलाई वर्षेनी विश्व अपाङ्ग दिवसको सप्ताह ब्यापी कार्यक्रमका अवरसमा सहयोग गर्दै आएको गुल्मी जिल्ला समाज युकेले यस वर्ष पनि त्यसको निरन्तरा स्वरुप युकेमा एक दिने च्यारटी कार्यक्रम गरेर उक्त रकम संकलन गरी हस्तान्तरण गरिएको सेक्रेटरी भट्टराईले बताए । सो सँस्थाले आशा अपाङ्ग केन्द्रलाई विरामी ओसार–पसारका लागि ९ लाख ४० हजार रुपैयाँको एम्वुलेन्स सहित अपाङ्गहरुको उपचार, उनिहरुलाई शिप मुलक तालिम, विभिन्न ब्यबसाय संचालन लागतको पुनःस्थापका लागि हाल सम्म २२ लाख ६० हजार रुपैयाँ सहयोग गरीसकेको केन्द्रकी प्रवन्ध निर्देशक गंगा रायमाझीले जानकारी दिईन् । गरिव असाहायहरुको उद्धार गर्नुका साथै जिल्लाको स्वास्थ्य र शैक्षिक क्षेत्रको विकासमा गुल्मी जिल्ला समाज युके सक्रियताका साथ लागेको सेक्रेटी भट्टराईले जनाए । हाल सम्म जिल्लाका विभिन्न स्थानमा तिन वटा एम्वुलेन्स सेवा समाजले समाजले उपलब्ध गराई सकेको र अव छिट्ट पुर्तिघाटमा पनि अर्को एम्वेलेन्स हस्तान्तरण गर्ने तयारी भएको उनले बताए ।
गुल्मीको आँपचौर घर भएका भट्टराईले युकेमा रहेका सवै नेपालीहरु कमाएको केहि रकम समाज सेवाको क्षेत्रमा लगाउनु पर्छ भन्ने दृढताका साथ लागेको बताए । ‘यकिन डाटा त छैन ’–भट्टराईले भने–‘ करिव १ लाख २० हजार नेपालीहरु युकेमा बस्नु हुन्छ ति सवै स्वदेशमा केहि गर्नु पर्छ भन्ने मान्यता राख्नु हुन्छ, त्यसमा पनि गुल्मेलीहरु समाजमा संगठित भएर वा बाहिरै रहेर पनि सहयोगमा बढि जुट्नु हुन्छ यसर्थ ‘केन्द्रका तर्फबाट आफुलाई गरिएको सम्मान उहाँहरुलाई हस्तान्तरण गर्दछु ।’ सहयोग हस्तान्तरण गर्दै चरपाला घर भएका समाजका अर्का कल्चर सेक्रटरी रुद्र थापाले आफु बृटिश सेनामा रहेर पनि समाजमा केहि गरेर देखाउनु पर्छ भन्ने भावनाले ओतप्रोत भई समाजमा लागेको बताए । आफु फौजी भएकोले भाषण कम गर्ने बताउँदै उनले यहाँका अपाङ्गहरुले युके समाजको तर्फबाट पाएको उद्धार प्रत्यक्ष देख्न पाउँदा आफु थप प्रोत्साहित भएको बताए ।
कार्यक्रमका प्रमुख अतिथी स्थानिय विकास अधिकारी हरिप्रसाद ज्ञवालीले विदेशमा रहेर पनि आफ्नो जिल्लाको विकासमा गुल्मी जिल्ला समाज युकेले गरेको सहयोग प्रशंसनिय रहेको बताए । समाजले जिल्लाका शिक्षा स्वास्थ्य, अपाङ्ग असाहयहरुको क्षेत्रमा गरेको विकासका अलावा उसले वेलायत जस्तो ठाउँमा स्वदेशका परम्परागत नौमति बाजा संरक्षणमा खेलेको भुमिकाको समेत सराहना गरे । भने –‘मैले अनलाईनमा, फेश बुकमा देखेको थिएँ त्यो काममा ओम थापा जीको अगुवाई निकै छ भन्ने लागेको छ, त्यसका लागि समाज र बिशेष गरी ओमा थापा जीलाई धन्यबाद दिन चाहन्छौं ।’ उनले आशा अपाङ्ग केन्द्रको समेत प्रशांसा गर्दै भने– ‘अपाङ्गहरु हामी कहाँ आए भने हामी सरकारी निकायले समेत आशा अपाङ्ग केन्द्रमा पठाउने गरेका छौ, यसर्थ आशा अपाङ्ग केन्द्र हामी सबैको आशाको केन्द्र बनेको छ । ’
कार्यक्रममा नेपाली कांग्रेसकी जिल्ला सदस्य विष्णु कुमारी सापकोटा , नेकपा माओवादीका अध्यक्ष विरबहादुर कार्की , नेपाली सेना गुरुगोरख गुल्मका सह सेनानीद्धयः विकास गुरुङ्ग, प्रगती चौलागाई, शसस्त्र प्रहरीका प्रहरी नायव उपरिक्षक टोपबहादुर खनाल, जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरक्षक राजेन्द्रप्रसाद श्रेष्ठ, गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष अखिलेश्वरप्रसाद पाण्डे, निर्वतमान अध्यक्ष कृष्णप्रसाद भण्डारी, पुर्व क्याम्पस प्रमुख शशी पन्थी दिन पन्थी लगायतको आतिथ्यता थियो । कार्यक्रममा आशा अपाङ्ग केन्द्रका प्राविधिक तथा लेखा अधिकृत प्रदिप राईले संस्थाले भए गरेका कार्यप्रगति र चुनौतीका बारेका प्रकाश पारेका थिए ।
सो संस्थाले कैयौं अपाङ्गहरुलाई नव जिवन प्रदान गरी सेकेको र कैयौलाई गर्ने क्रममा रहेको र उनिहरुको पुनर्स्थापनाका लागि विभिन्न कार्यक्रम सञ्चालन गरेको जानकारी गराएका थिए । कार्यक्रममा स्वागत मन्तब्य ब्यक्त गर्दै युके समाजले गरेको सहयोगबाट नै संस्था यहाँ सम्म आई पुगेको उपाध्यक्ष एवं प्रबन्ध निर्देशक गंगा रायमाझीले बताईन् । कार्यक्रमको अध्यक्षता केन्द्रका अध्यक्ष जनार्दन घिमिरेको थियो भने सञ्चालन सचिव तारा भुसालले गरेका थिए । केन्द्रलाई गुल्मी जिल्ला युके समाजले पनि हौस्टेमा हैँसे गर्दै यहाँ सम्म ल्याई पुराएको भन्दै अध्यक्ष घिमिरेले वेलायतमा बस्ने सहयोगी सबै प्रती आभार प्रकट गर्नुभएको थियो ।




0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग