Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सरकारमा सहभागी हुन्नौ : सापकोटा

Published on 7:03:00 PM //

काठमाडौं, पौष ६ । एकीकृत नेकपा माओवादीले आफूहरु संविधानसभाबाटै संविधान जारी गर्नुपर्ने पक्षमा रहेको स्पष्ट पारेको छ । आज पार्टी मुख्यालय कोटेश्वरमा सञ्चारकर्मीहरुसँगको नियमित भेटघाटमा एकीकृत माओवादीका प्रवक्ता अग्नि सापकोटाले आफूहरु संविधान लेखनको प्रक्रियाबाट बाहिर नरहने बताए ।

सरकारमा सहभागी नहुने भन्दै प्रवक्ता सापकोटाले चुनावमा ‘धाँधली’ भएको भन्दै छानबिन आयोग गठन गर्नुपर्ने दोहोर्‍याए ।

सापकोटाले कांग्रेस–एमाले लगायतका दलहरुसँग नयाँस्तरको सहमति भएपछि मात्र समानुपातिकतर्फका सभासदहरुको नाम पठाउने समेत स्पष्ट पारे ।

उनले नयाँ र पार्टीका लागि त्याग गरेकाहरुलाई समानुपातिकतर्फका सभासद बनाउन प्राथमिकता दिइने समेत बताए ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग