Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

चौविसे राज्य मुसिकोटमा घरबास: घरमै आगन्तुकलाई स्वागत गर्न कस्सिए मुसिकोटे

Published on 1:23:00 PM //

गुल्मी । आफ्नै गाउँमा रहेको ऐतिहासिक महत्वको दरबार ओझेलमा परेकोले त्यसको प्रचार गर्नका लागि गुल्मीको मुसिकोटक्षेत्रका जनताले गाउँमा आगन्तुक बोलाई घरघरमा स्वागत गर्ने कस्सिएका छन् । अन्य क्षेत्रमा सानो कुरालाई प्रचार गरेर गाउँको विकास गरेको तर आफ्नो ठाउँमा रहेको चौविसे राज्य अन्तर्गतको ऐतिहासिक मुसिकोट दरवार ओझेलमा परेकोले त्यसको प्रचार गर्न गाउँमा घरबास कार्यक्रम सञ्चालन गर्न उनीहरु कस्सिएका हुन् ।

पर्यटक आकर्षित गर्नका लागि घर घरमा स्वागत कार्यक्रम गर्ने तर त्यतिले मात्रै पर्यटक नआउने भएकोेले गाउँको कला संस्कृति प्रदर्शन गर्ने योजनाका साथ लागि परेको उनीहरुले बताएका छन् । नेपाल पर्यटन बोर्डसंग सहयोग मागेका गाउँलेलाई घरबास कार्यक्रम सञ्चालनको लागि समाज रुपान्तरण अभियान केन्द्र नामको एक संस्थामार्फत पर्यटन बोर्डले सहयोग गर्न शुर गरको गाउँका अगुवा तथा संस्थाका अध्यक्ष खुम बहादुर थापाले बताए ।
‘ऐतिहासिक महत्व भएपनि प्रचार नपुगेर ओझेलमा परेपछि हामीले पर्यटन बोर्डसंग अनुरोध ग¥यौँ–उनले भने  – शुरुमा सरसफाई र आयआर्जन तालिमका लागि बोर्डले सहयोग गरेपछि गाउँमा तलिम समेत सञ्चालन गरेका छाँै ।’

थापाले त्यहाँ आउने आगन्तुकलाई बस्नको लागि दरबार रहेको ठाउँभन्दा केही तल बडागाउँ र मुसिकोटको सिमानामा पर्ने क्षेत्रमा घरबास (होमस्टे) सञ्चालनको तैयारी रहेको बताए । घरबास मार्फत त्यहाँको कला संस्कृति झल्कने कार्यक्रम समेत प्रस्तुत गरीने योजना रहेको उनको भनाई छ । ‘पर्यटक तान्नको लागि कुने उपाय लगाउनुप¥यो त्यसैले दरबारको तलपट्टी रहेको गाउँमा होमस्टे सञ्चालन गर्ने र आकर्षणको लागि गाउँको कला संस्कृति झल्कने सांस्कृतिक कार्यक्रमहरुले पर्यटकलाई स्वागत गर्ने व्याबस्था मिलाईएको छ ।’ – थापाले भने ।

जनताहरुलाई यसमा केन्द्रित गर्नको लागि संगसंगै आय आर्जनका काम समेत शुरुवात गरीसकिएको छ । जिल्ला भू– संरक्षण कार्यालयको पर्यापर्यटनका लागि आय आर्जन कार्यक्रम उक्त गाउँमा सञ्चालन गरी आयमूलक काममा समेत गाउँलेलाई सहभागी गराउन लागिएको जिल्ला भू– संरक्षण कार्यालयका प्रमुख व्रिजेन्द्र कृष्ण सिँले बताए ।
‘यहाँको जैविक विविधता, संस्कृति र दरबार तथा पर्यावरणप्रति जनताको ध्यान केन्द्रित गरी उनीहरुलाई आयमुलक काममा सहभागी गराउन ईको होम–स्टेको अवधारणा ल्याएका छौँ – उनले भने  – त्यसमा संलग्न हुँदा आय आर्जनपनि बढोस भनेर हाम्रो कार्यालयको पहिलो कार्यक्रमबाट बाख्रापालन कार्यक्रम शुरु गरेका छौँ ।’

यस्तो कार्यक्रम गाउँमा आएपछि जनता समेत उत्साहित भएका छन् । उनीहरुले आफूले गाउँमा बाहिरी मान्छेलाई घरमै स्वागत गर्न पाउने भएपछि घर सरसफाई राख्ने, घरको एउटा कोठा आगन्तुकका लागि छुट्याउने समेत तैयारी गरीसकेको स्थानिय शुशिला पोखरेलले बताईन् । ‘यसले हाम्रो घरआँगन सफा हुने भयो, आफ्नै घरको आटोपिठो पर्यटकलाई खुवाएर घरै बसीबसी पैसा कमाउन पाईने भयो भनेपछि निकै खुसी लागेको छ – उनले भनिन् – बाख्रापालन कार्यक्रम पनि ल्याएकोले त्यसका लागि घाँस लगाउँदा गाउँ हरीयाली हुनेभयो र बाख्राखसी बेचेर पैसा पनि कमाउने भईयो ।’

त्यस गाविसका जनताको उत्साह देखेर मुसिकोट क्षेत्रमा होमस्टे सफल हुने देखेको र जनता पनि निकै उत्साहित भएको गैर सरकारी संस्था महासंघ गुल्मीका अध्यक्ष विष्णु भण्डारीले बताए । ‘मुसिकोटे जनताको उत्साह र सक्रियता निकै छ, सबैको सहयोग हुने हो भने यो कार्यक्रम सफल बनाउन मुस्किल छैन ।’ – उनले भने  ।
-नेपाल समाचार पत्र दैनिकबाट 

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग