Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

आफ्नै कक्षाका साथीले गोली हान्दा १७ बर्षिया किशोरिको मृत्‍यु

Published on 12:48:00 PM //

कोलोराडो- अमेरिकाको कोलोराडो राज्य स्थित एक स्कुलमा आफ्नै कक्षाका साथीले गोली प्रहार गर्दा घाइते भएकी १७ वर्षे किशोरी क्लेयरी डेभिसको मृत्यु भएको छ।
विद्यालयको क्याफेटेरिया क्षेत्रमा भएको गोली प्रहारमा उनी घाइते भएकी थिइन्। सहपाठीले प्रहार गरेको गोली उनको अनुहारमा लागेको थियो।

डेविस उनकै सहपाठी कार्ल पियर्सनले प्रहार गरेको गोलीको सिकार भएकी हुन्। एफपीका अनुसार उनी ८ दिन सम्म स्थानीय अस्पतालमा जीवनमरणको स्थितिमा थिइन्। अस्पतालले उनको गालामा सर्जरी गर्नुपर्ने बताएको थियो। तर सर्जरी गर्नु अगाडि नै उनी कोमामा पुगेकी थिइन्।

उनको परिवारले उनको सम्झनामा विद्यालयमा एउटा सहयोगी कोष स्थापना गर्नको लागि समुदाय, सहयोगी र साथीहरुलाई आग्रह गरेको छ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग