Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एमालेद्धारा पुर्कोट दहमा चुनावको बेला टाँसिएका प्रचार सामाग्रीहरु हटायो

Published on 6:35:00 PM //

प्रेम सुनार
गुल्मी, २९ मंसिर । संविधानसभा चुनावका प्रचार समाग्री हटाउँदै नेकपा एमालले पुर्कोटदहले सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । चुनावमा टाँगिएका पोष्टर–पम्पेलेट, ब्यानरहरु हटाउँदै सो पार्टीको पुर्कोटदह गाउँ कमिटीका नेता कार्यकर्ताहरुको संयुक्त टोलीले पुर्कोटदह बजारमा सरसफाई कार्यक्रम गरेको हो ।
क्षेत्रिय कमिटी सदस्य टेकम कुँवर, गाउँ कमिटी अध्यक्ष गोविन्द कुँवर लगायतका नेता तथा कार्यकर्ताहरु सरसफाई कार्यक्रममा सहभागि थिए । सो पार्टीले त्यस अघि सम्पन्न गरेको बैठकले निर्वाचनमा सहयोग गर्ने कार्यकर्ता, सुभ चिन्तक र मतदाहरुलाई धन्यवाद ज्ञापन समेत गरेको छ । पुर्कोट दह लगत्तै क्षेत्र नम्वर ३ का अन्य गाविसहरुमा पनि यस्तो कार्यक्रमलाई तिब्रता दिईएको जिल्ला कमिटी सचिवालय सदस्य हिरा एसीले बताए ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग