Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

हाम्रो उद्देश्य पुरा भयो बाहिरीन आतुर छौंः मन्त्री न्यौंपाने

Published on 6:25:00 PM //

प्रेम सुनार
गुल्मी, २९ मंसिर । कानुन तथा न्याय मन्त्री हरिप्रसाद न्यौंपानेले संविधान सभा चुनाव सम्पन्न गर्ने आफुहरुको उद्देश्य पुरा भएकोले अव मन्त्री परिषदको जिम्मावारीबाट बाहिरीन आतुर भएको बताएका  छन् । ‘विशेष परिस्थीमा दिईएको जिम्मेवारीलाई आफुहरुले आफ्नो धर्म र कर्तब्य ठानेर निभाएको बताउँदै मन्त्री न्यौपानेले भने, "अव छिट्टै संसद गठन होस र उसैले मन्त्री मण्डल गठन गरोस् आफुहरु बाहिरन आतुर छौं । ’
शनिवार गृह जिल्ला गुल्मीको सदरमुकाम तम्घासमा आयोजित "मानवअधिकार सम्बन्धी कानुनको प्रभावकारी कार्यन्वयनः चुनौती र सम्भावना" विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले दोश्रो संविधान सभा चुनाव निष्पक्ष स्वतन्त्र र भय रहित वातावरणमा सम्पन्न भएको दावि समेत गरे । संविधान सभा चुनाव सम्पन्न गर्न सरकारलाई साथ दिने राज्यको सबै निकाय, तह र तप्कालाई धन्यबाद दिँदै मन्त्री न्यौपानेले देश र जनताले चाहे जस्तै गरेर चुनावमा उत्साहजनक सहभागिता रहेको भन्दै अहिलेको मन्त्री परिषदले ऐतिहासिक कार्यभार पुरा गरेको जिकीर गरे । उनले आफ्नो मन्त्रीको पद नठानेर दिईएको जिम्मेवारी मात्रै ठानेको बताउँदै भने–‘मलाई मन्त्री नभन्नुहोस जोहाङको हरिप्रसाद न्यौपाने भन्नुहोस्, म तपाईहरुको दाजु भाईको हैसियतले प्रस्तुत हुनु चाहन्छु, मन्त्रिको हैन ।’ जोहाङ ७ को माझगाउँ घर भएका उनले काठमाण्डौंमा बसे पनि अरुले घर कहाँ हो भनेर सोध्दा गुल्मी हो भन्न गर्व लाग्ने गरेको बताए ।
‘म काठमाण्डौंमा बस्छु, त्यहाँ घर पनि छ तर कसैले घर कहाँ हो भनेर सोधे मैले गुल्मी भन्ने गर्छु’ उनले भने–काठमाडौं हो भन्न ठ्याक्कै मन लाग्दैन ।’ उनि मन्त्रीको जिम्मेवारी सम्हाले पछि पहिलो पटक गुल्मी आएकोमा खुशीसंगै पछुतो पनि ब्यक्त गरे । भने–‘चुनाव गराउने जिम्मेवारीले गर्दा गुल्मी आउन पाईन यसरी आउन नसक्नु भनेको म आफै ठगिनु हो भन्ने ठानेको छु । ’ पहिला आएको भए विकास निर्माण सम्बन्धी काममा केहि गर्न सक्थे होला भन्दै उनले अब सरकारबाट बाहिरीनै लागेकोमा कुनै त्यस्तो आस्वाशन नदिने बताए । ‘कुनै समय गुल्मी, पाल्पा, अर्घाखाँची र बाग्लुङ्गका मानिसहरुलाई काठमाण्डौमा कुनै कुराको सिफारिस बनाउन सरकारी अधिकृत खोज्न मुस्कील थियो’ उनले भने–‘त्यस्तो अवस्थामा आफुले भेगीको नाताले विश्वासका आधारमा बुझदै नबुझि सिफारिस दिने गरेको र सदैब यस भेगका लागि आफुले सकेको सहयोग गर्नेछु ।’ उनले आफुले सरकार छाडे पनि मानव अधिकार र न्यायका पक्षमा गुल्मीका सरोकारवालले आवस्यकता दर्शाएका विषयलाई अव भन्ने सरकारलाई हस्ते गरी कार्यन्वयन गराउन पहल गर्नेे प्रतिबद्धता जनाए । भने–‘सरकार एउटा संस्था हो मान्छे को आउँँछ जान्छ भन्ने कुराले अर्थ राख्दैन म बाहिरीए पनि अर्को सरकारको सुत्र बनेर पहल गर्ने छु ।’ उनले जिल्ला विकास समितिको सभाहलमा टाँसीएको स्वर्ग जस्तो गुल्मीमा पटक पटक आँखा परेको भन्दै आफुलाई एउटी चेली माईत आउँदा जसरी खुशी हुन्छीन् त्यस्तै खुशी आफु रहेको बताए । भने–‘मलाई त मन्त्री भएर आए जस्तो लागेको छैन एउटी चेली माईत आए जस्तो लागेको छ म बाट भाषण होईन मलाई यस्तो तिम्लाई कस्तो छ, के गर्ने त नि चेलीहरुले झैं यस्तै यस्तै तपाईहरुसंग कुरा गर्न मन लागेको छ ।
कानुन न्याय संविधान सभा तथा संसदीय मामिला मन्त्रालयद्धरा आयोजित कार्यक्रममा सो मन्त्रालयका उप सचिव मानबहादुर अर्यालले मानव अधिकारको कार्यान्न्वयन सम्बन्धी नितिगत , कानुनी र संस्थागत–संरचनागत ब्यवस्थाबारे प्रकाश पारेका थिए । जिल्ला न्याधिष ऋषिराम आर्चायले नेपालमा कानुनी सहायता सम्वन्धी कानुनी व्यबस्था र यसको प्रभावकारिताबारे प्रकाश पारेका थिए । सह सचिव कमलशाली घिमिरेले जेष्ठ नागरिक संम्बन्धी विद्यमान कानुनी ब्यवस्था र कार्यान्वयन चुनौतीबारे कार्यपत्र प्रस्तुत गरेका थिए । सर्वोच्च अदालतका रजिष्ट्रार लालबहादुर कुँवरले मानव अधिकारको संरक्षण र सम्बर्द्दनमा न्यायपालिकाको भुमिकाबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।
सह सचिव डिल्लीराज घिमिरेले छलफलमा उठेका विषयहरु उपर संक्षिप्त टिप्पणी गरेका थिए ।
कार्यक्रमा प्रमुख जिल्ला अधिकारीले मन्तब्व राखेका थिए भने मानव अधिकारकर्मी, महिला अधिकारकर्मी , कानुन ब्यवसायीहरु र पत्रकारहरुले जिल्लामा मानव अधिकार र न्यायका लागि स्थानियवासीमा देखिएको कानुनी र ब्यबहारिक समस्याबारे मन्त्रालयको ध्यानकृष्ट गराएका थिए । अधिकांसले जेष्ठ नागरिकको अधिकार, असाहयहरुलाई कानुनी पहँुच, , महिला हिंसा र पुरुषहरु समेत महिलाहरुबाट पिडित हुँदै आएको प्रति मन्त्रालयको ध्यान आकृष्ट गराएका थिए ।
सह सचिव डिल्लीराज घिमिरेको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा जिल्ला न्याधिष ऋषिराम आर्चायको अध्यक्षता र मन्त्रालयका उप सचिव मानबहादुर अर्यालको सञ्चालन रहेको थियो । मन्त्री आज सदरमुकामका विभिन्न कार्यक्रमा सहभागि हुने र भोली श्रृङ्गाको एक कार्यक्रममा सहभागि हुँदै जोहाङ स्थित घरमा आमा र छिमेकीलाई भेट्न जाने कार्यक्रम रहेको बताईएको छ ।
अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दैँ मन्त्री न्यौपाने । तस्बिर: प्रेम सुनार

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग