Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

‘मिशेज ट्वान्टी थ्री’

Published on 6:55:00 PM //

प्रेम सुनार
गुल्मी, २९ मंसिर । ‘हामी सर्लाहीको लैङ्गिक हिंसा सम्वन्धी कार्यक्रममा गयौं । त्यहाँ त खै कता गईन मिशेज ट्वान्टी थ्री भन्न थालियो । के हो यो टवान्टी थ्री भनेको ? भनेर मैले सोधे । उनिहरुले भने भै’गो यो भन्न नहुने कुरा हो ।
मैले भन्नु न भन्नु भनेर कर गरेँ ।
वल्ल थाह पाएँ त्यहाँ एउटी महिलाले २३ वटा बच्चा जन्माएकोले उनलाई मिशेज टवान्टी थ्रि भनिँदो रैछ र अर्की पच्चीस वटा जन्माउनेलाई मिशेज टेवान्टी फाईव भनिँदो रैछ, मत दंग परे ....’ यसो भन्न साथ जिल्ला विकास समिति गुल्मीको सभाहलमा सहभागिहरुलाई गलल्ल हँसाए मन्त्रालयका एक जना उपसचिवले आज । कानुन न्याय संविधान सभा तथा संसदीय मामिला मन्त्रालयका उप सचिव डिल्लीराज घिमिरेले यसरी हंसाएका हुन् । छलफलमा उठेका विषयहरु उपर टिप्पणी गर्दै उनले केन्द्रबाट तर्जुमा गर्ने कार्यक्रम र विभिन्न जिल्लाका विसंगति र परम्परागत समस्याका बारेमा उदाहरण दिँदै यस्तो बताएका हुन ।
अझै पनि तराईका कतिपय जिल्लामा बहुपति प्रथा छ, मुस्ताङमा बहुपत्नी प्रथा छ गोरखामा फेरी अर्कै छ अनि कसरी हामीले मानव अधिकारका क्षेत्रमा केन्द्रमा बनाईएको एकै खालको रेडिमेड कार्यक्रमले स्थानिय तहका समस्यालाई सम्वोधन गर्न सक्दछौं ? उनले यस्तो प्रश्न गरे । सर्लाहीको मुस्लीम समुदायमा बहुपति प्रथा अझै कायमै छ, मुस्ताङ्गको लैङ्गिक हिंसा सम्वन्धी एउटा कार्यक्रममा गएको पुरुषहरु नै कर्याक्रम छाडेर हिँडेको अनुुभव सुुनाउँदै सह सचिव घिमिरेले भने–‘१० जनाको समुहमा आएका पुरुषहरुले भने –हामी पत्नी पिडित छौं हामीले न्याय पाउने ठाउँ कहाँ हो बताईदिनुस नत्र तपाईको कार्यक्रमा बस्दैनौ भन्दै उठेर हिंडे ।’ मुस्ताङमा कल्चर अफ साईलेन्स छ उनले भने– त्यहाँका माहलाहरु घण्टौं सम्म हिँडेर न्याय खोज्न सदरमुकाम आउन भने बाटैमा केहि गर्ने हुन कि भन्ने समस्या छ र सहेर दवाएर राख्छन् । अनि सुरु हुन्छ डिप्रेशन र आत्माहत्या ।’ उनले गुल्मीमा मात्र नभई देशैभर आत्मा हत्याको संख्या बढ्नुको कारण यो पनि एक भएको धारणा राखे ।
आत्माहत्या गर्न बाध्य पार्ने पिडकलाई कार्बाही गर्ने कानुन नहुनु जस्ता कारणले आत्मा हत्याको संख्या बढेको सहभागिहरुले बताए पछि उनले त्यसबारे पनि मन्त्रालयले सोच्नुपर्ने बताए । असाहयलाई कानुनी सहायता दिने सम्वन्धमा गाविसबाट सचिवहरुले सिफारिस नबनाई दिने गरेका कारण समस्या आएको अधिबक्ता वेदबहादुर कुँवरले बताए पछि घिमिरेले गाविस सचिवहरु त्यो सिफारिसमा मात्र नभई अन्य सिफारिस गर्ने कुराहरुमा समेत असक्षम रहेकोले उनिहरुलाई अभिमुखीकरण कार्यक्रमको खाँचो औंलाए । उनले सिडियो र एलडियोले गाविस सचिवहरुलाई बोलाएर असाहयहरुको सिफारिस बनाई दिन निर्देशनात्मक आदेश दिन आग्राह गरे ।अर्का अधिबक्ता प्रेमराज आर्चायले अन्य थुप्रै कानुनी जटिलताका विषयमा मन्त्रालयको ध्यानकृष्ट गराए । मानव अधिकारकर्मी एवं प्राध्याकि पदम पाण्डेले आर्थिक सामाजि र सांष्कृतिक मानव अधिकारबाट कैयौं जनता बञ्चीत भएकाले त्यस तर्फ मन्त्रालयको ध्यान जानु पर्नेमा जोड दिए । महिला अधिकारकर्मी ललिता गौतमले वाल श्रम गराउनु पर्नेमा जोड दिईन् । उनको तर्क थियो खाना नपाएर हिड्ने वाल वालिकालाई काम गर्न नदिए कसरी उनिहरुले ज्यान पाल्छन भन्दै वाल श्रम सम्वन्धी कानुनमा हेरफेर गरिनु प¥यो ।
अपाङ्गको उपकार र अधिकारको क्षेत्रमा काम गर्दै आएकी गंगा रायमाझीले जिल्लाका सरकारी निकायहरु अपाङ्ग मैत्री हुन नसकेको गुनासो गरिन् । अन्य अधिकारकर्मीहरुले जिल्लामा अन्तरजातिय विवहा वा गैह्र दलित पुरुषहरुबाट वलात्कृत भएका दलित महिलाहरुले वर्षौ देखि न्याय नपाएर समाजमा अपहेलित भएर बाँच्नु परेको बताए । त्यस प्रति टिप्पणी गर्दै सह सचिव घिमिरेले फरक फरक क्षेत्रका फरक फरक समस्या , फरक फरक परम्परा ,चरित्र र संस्कारलाई चिर्ने गरी कार्यक्रम सञ्चालन गरे मात्र प्रभावकारी हुने बताए । वार्षिक ४० हजार भन्दा कम आय हुने परिवार स्वतः असाहयको सुुचिमा पर्ने भन्दै उनले कानुनी सहायताका लागि सबै पक्षको ध्यान जानु पर्नेमा जोड दिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले पछिल्लो चरण पत्नी पिडित पुरुषहरुको संख्या हवात्तै बढेको बताए । भने –‘पुरुषहरु विदेश जान्छन पछि घर फर्किदा न श्रीमाति न सम्पत्ती हुने अवस्था रहेको छ । ’ उनले यि र यस्ता मुद्धाका सम्वन्धमा भने–‘ सके उपचार गरेर पठाउछौं न सके रिफर गर्छौ । ’कार्यक्रमा जिल्ला न्याधिष ऋषिराम आर्चायले न्याय सम्पादनमा ढिला सुस्ती नगर्ने गरेको वताए । उनले एउटा मुद्धा बराबर राज्यले १९ हजार ८ सय ९६ रुपैयाँ खर्च गर्ने गरेको बताए ।
अधिकारकर्मीहरुले उठाएका विषयहरु कानुन मन्त्री हरिप्रसाद न्यौपानेले लिपिबद्ध गरेर मन्त्रालयमा लैजाने भएका छन् । मानव अधिकार सवैले अनुभुत गर्न पहिला सामाजिक परम्परा तोड्न मनोगत रुपले नै प्रभाव पार्न सक्ने कार्यक्रम मन्त्रालयले सञ्चालन गर्नु पर्नेमा टिप्पणीकार सहसचिव घिमिरेको निश्कर्ष थियो । कार्यक्रमबाट बाहिरीँदै गर्दा केहि मानिसहरुले उनै सहसचिव घिमिरेको भनाई उदृत गदै–‘ अव हाम्री म्याडमलाई पनि मिशेज ५ फाईव भन्नु प¥यो उहाँकीलाई मिशेज टेन भन्नु पर्ला ।’

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग