Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नवलपरासीमा जारी राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताका फाईनल खेल आज देखी

Published on 3:47:00 AM //

कृष्ण बिसी
नवलपरासी, पौष ८ । बिहीवार देखी नवलपरासीमा जारी छैठौ राष्ट्रपति रनिङगशिल्ड प्रतियोगितामा भोलीदेखी फाईनल खेल सञ्चालन हुने भएका छन । ६ बटै निर्वाचन क्षेत्रमा क्षेत्रियस्तरका छनौट खेल सम्पन्न भएसगै आज देखी १० गतेसम्म जनता मावी इटौरामा फाईनल खेल सञ्चालन हुने भएको हो ।
फाईनल खेलको उदघाटनको लागी आबाश्यक सम्पुर्ण तैयारी पुरा भएको जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष डोलराज भण्डारीले जानकारी दिनुभयो । ३४ बिद्यालयको सहभागिता रहेको क्षेत्र न १ को जनक उच्च माध्यमिक बिद्यालय गैडाकोटबाट १२ बिद्यालय,,१२ बिद्यालयको सहभागिता रहेको क्षेत्र न २ को डेढगाउ उच्च माध्यमिक बिद्यालय डेढगाउबाट ७ बिद्यालय,३८ बिद्यालयको सहभागिता रहेको क्षेत्र न ३ को जनता माध्यमिक बिद्यालय ईटौराबाट १३ बिद्यालय, २८ बिद्यालयको सहभागिता रहेको क्षेत्र न ४ को देवकोटा उच्च माध्यमिक बिद्यालय सुनवलबाट १७, २१ बिद्यालयको सहभागिता रहेको क्षेत्र न ५ को राजा पुर्णभद्र उच्च माध्यमिक बिद्यालय पञ्चनगर,२३ बिद्यालयको सहभागिता रहेको क्षेत्र न ६ को राष्ट्रिय उच्च माध्यमिक बिद्यालय छिवनीबाट ९ बिद्यालय फाईनल खेलमा सहभागि हुने जिल्ला खेलकुद बिकास समितीका सचिव केशव रेग्मीले जानकारी दिनुभयो ।
फाईनल खेलको उदघाटन युवा तथा खेलकुद मन्त्रालयका सचिव हरिप्रसाद नेपालले गर्नुहुने आयोजकले बताएको छ । पौष १० गते सम्म चल्ने प्रतियोगितामा १ सय ५२ बिद्यालयको सहभागिता रहेको  आयोजकले बताएको छ । नयां खेलाडी उत्पादन र पहिचान गर्ने महत्वपुर्ण कडी का रुपमा लिइने प्रतियोगिताको फाईनल खेल भोली देखी १० गतेसम्म जनता मावी ईटौरामा हुने छ । जिल्ला खेलकुद बिकास समिती नवलपरासीको आयोजना र जिल्ला शिक्षा कार्यलयको समन्वय तथा जिल्लाका ६ बटा बिद्यालयको सञ्चालनमा उक्त प्रतियोगिता चलिरहेको हो । यसैबिच जिल्ला खेलकुद बिकास समितीले प्रतियोगिताको फाईनल समारोहमा जिल्लाको खेल क्षेत्रमा उल्लेखनिय योगदान गर्ने बिभिन्न खेलाडीहरुले सम्मान गर्ने भएको छ । समितीले ओलम्पीक खेलाडी तिलकराम थारु,फुटवल खेलाडी बिमल घर्ति मगर,तेक्वान्दो खेलाडी रविन अधिकारी र तारा पराजुली,साफ खेलमा सहभागि भएका रामेश्वर महतो,मोहन घले,जिल्ला शिक्षा अधिकारी टेक ब थापा,एन्फाका केन्द्रीय सदस्य प्रकाश पगेंनी,भलिवल सघंका केन्द्रीय सदस्य श्रीधर शर्मा,तेक्वान्दोका केन्द्रीय सदस्य धमेन्द्र अग्रहरी,मुकुन्दपुर खेलकुद बिकास समिती लगाएतलाई सम्मान गर्ने भएको हो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग