Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

भाले चितुवाको आक्रमणबाट पोथी चितुवाको मृत्‍यु

Published on 3:31:00 AM //

म्याग्दी, पौष ७ । म्याग्दीको पुलाचौर गाविस–९ मा आइतबार एक चितुवा मृत अवस्थामा फेला परेको छ ।

पुलाचौर–९ को कुमाण्डीस्थित झ्याङ्मा अन्दाजी तीन वर्ष उमेरको पोथी चितुवा मृत अवस्थामा फेला परेको जिल्ला वन कार्यालयले जनाएको छ । भाले र पोथी चितुवाबीच लडाइँ हुँदा भाले चितुवाको आक्रमणबाट उक्त चितुवा मरेको जिल्ला वन अधिकृत रामसुहार्थ शाहले जानकारी दिनुभयो ।

स्थानीयबासीले आइतबार बिहान मृत चितुवा देखेपछि प्रहरी र वन कार्यालयमा खबर गरेका थिए । घाँटीमा चिथोरेको र घाँटीदेखि ढाँडसम्मको मासु नभएको भेटिएकाले अर्को चितुवाकै आक्रमणबाट उक्त चितुवा मरेको परीक्षण गर्दा पुष्टि भएको वन अधिकृत शाहले बताउनुभयो ।

वन अधिकृत शाहका अनुसार आइतबार नै उक्त चितुवाको मृत शरीर जिल्ला पशु सेवा कार्यालयमा परीक्षण गरी प्रहरी, प्रशासन, वन, भू–संरक्षण र पशु सेवा कार्यालयका प्रतिनिधिको रोहबरमा नष्ट गरिएको छ । 

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग