Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

चिसो बढेपछी जनवादी प्राविलाई बेँसी झारियो

Published on 5:36:00 PM //

कविता घर्ती मगर
बागलुङ, पौष ६ । बढ्दै गएको चिसोबाट प्रभावित भएपछि नेपालको एक मात्र शिकार आरक्ष केन्द्र रहेको बागलुङ जिल्लाको ढोरपाटन स्थित जनवादी विद्यालयका विद्यार्थी बँेसि झरेका छन् ।
ढोरपाटनमा सञ्चालित विद्यालय पौष महिनाको सुरुवात संगै चिसो बढेपछि बोवाङ सरेको हो । ढोरपाटनमा अत्याधिक चिसो हुने र विद्यार्थिको संख्या समेत कम हुन थाले पछि विद्यालय समेत बेसि झारेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भद्रबहादुर विकले बताउनुभयो ।
जनवादी विद्यालयको ढोरपाटन र बोवाङ दुवै स्थानमा भवन निमार्ण गरिएपनि भवन अभावका कारण विद्यार्थिहरु भुईमै बसेर अध्यान गर्न बाध्य भएका छन् । विद्यालयमा हाल २ सय ५४ विद्यार्थि अध्यानरत रहेको विद्यालयले जनाएको छ । बागलुङ जिल्लामा सञ्चालित विद्यालय मध्ये ढोरपाटन जनवादी विद्यालयमा मात्र जाडो मौसममा घुम्ती रुपमा कक्षा सञ्चालन हुदै आएको छ । सो क्षेत्रका अन्य विद्यालयमा भने पुष र माघ महिनामा जोडो विदा हुने गरेको छ । अन्य विद्यालयले बर्खे विदाको सट्टामा जाडो विदा गर्ने भएपनि जनवादी विद्यालयले विद्यार्थिका अभिभावक समेत घुम्ती रुपमा बसाई सर्ने भएका कारण जाडोमा पनि विद्यालय सञ्चालन गर्ने गरेको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग