Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एउटै विज्ञापन खेलेर १२ करोड

Published on 5:49:00 PM //

बलिउड अभिनेता रणवीर कपुरले एक नयाँ विज्ञापनमा अभिनय गरेबापत १२ करोड रकम पाएका छन्। हालै रणवीर कपुर एक बिस्कुट ब्रान्डको विज्ञापनमा अभिनय गरेको देखिएका थिए, त्यही विज्ञापनबाट उनलाई १२ करोड रुपिया दिइएको हो।

आकर्षक व्यक्तित्वका कारण रणवीर यस कम्पनीको पहिलो प्राथमिकतामा परेको समाचारमा उल्लेख छ। कम्पनीलाई निकै भलादमी र आफ्नो बजेटलाई न्याय गर्न सक्ने खालको कलाकार आवश्यक परेको थियो। कम्पनी रणवीरबाट प्रभावित भएको करण कम्पनीले रणवीरलाई विज्ञापनका लागि सम्पर्क गरेको समाचारमा जनाइएको छ।

समाचारका अनुसार रणवीरले धेरै नै रकम मागेका थिए। उनले १२ करोड नजिककै रकम माग गरेका थिए र कम्पनीले पनि उनको मागलाई स्वीकार गर्दै आफ्नो प्रोजेक्टलाई अगाडि बढाएको हो।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग