Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

संबिधान निमार्णको लागी मुख्य दलहरुबिच सहमती आबश्यक ः एमाले नेता ज्ञवाली

Published on 9:47:00 PM //

अनिल खत्री
गुल्मी, पुस ५ । संबिधान सभा निर्वाचन पश्चात पार्टी कार्यकर्ता तथा मतदाताहरुलाई धन्यावाद दिन क्षेत्र भ्रमण अभियानमा रहनु भएका नेकपा एमाले केन्द्रिय प्रचार बिभाग प्रमुख तथा पुर्व मन्त्री प्रदीप कुमार ज्ञवालीले आज गुल्मीको गौडाकोट र अर्खलेमा रहेका पार्टी कार्यकर्ता तथा मतदाताहरु संग भेट गरि नेकपा एमालेको पक्षमा मतदान गरेकोमा धन्यावाद ज्ञापन गर्नु भएको छ ।
कार्यक्रममा बोल्दै नेता ज्ञवालीले संबिधान निमार्णका लागी मुख्य दलहरुबिच सहमती आबश्यक रहेको बताउनु भएको छ । संबिधान सभाको निर्वाचन बाट नयाँ शक्ति सन्तुलन कायम भएको र ताजा जनादेशकोसम्मान गर्दै राष्ट्रिय सहमती र सह–अस्तित्वका आधारमा सत्ता संञ्चालन गर्दै संबिधान निमार्णको कामलाई सहज वनाउन अनुकुल राजनितीक वातावरण तयार गर्नुपर्नेमा जोड दिनु भएको छ । नेता ज्ञवालीले ताजा जनादेशको सम्मान गर्दै संबिधान सभाबाट अघिल्लो संबिधान सभाले जस्तै राष्ट्रपतिको निर्वाचन गर्नु बताउनु भएको छ । बर्तमान राष्ट्रपति डा.रामबरण यादव फेरि पनि राष्ट्रपति बन्न सक्ने तर संबिधान सभा बाट बिश्वासको मत हासिल गरि पुर्ननिर्वाचित हुनु पर्ने वा निर्वाचन बाट नयाँ ब्यक्ती राष्ट्रपति हुन सक्ने हुनाले लोकतन्त्रमा आवधीक निर्वाचनको बिधी अनुसार प्रतिस्पर्धाबाट राष्ट्रपतिको चयन हुनु पर्नेमा जोड दिनु भयो ।
पोलिटब्यूरो सदस्य समेत रहेका नेता ज्ञवालीले जनताका सुख,दुखमा साथ सहयोग र बिकासका काममा अगुवाई निरन्तर जारी रहने बताउनु भएको छ । पार्टीलाइ कमी कमजोरी सच्चाएर जनताको भरोसाको केन्द्र बनाउदै आगामी स्थानिय तथा राष्ट्रिय निर्वाचनमा अत्याधिक मतका साथ बिजय हासिल गर्ने गरि पार्टीको बिकास गरौ भन्दै कार्यकर्ताहरुलाई उचो मनोवलका साथ पार्टी काममा लाग्न आग्रह गर्नु भएको छ । अहिलेको मुख्य राजनितीक बिषय संघिय लोकतान्त्रिक गणतन्त्र र जनताका अधिकार संस्थागत गरि जनताले आफ्नो महसुस गर्ने संबिधान निमार्ण गर्नु मुख्य अभिभारा भएको भन्दै पार्टीको तर्फबाट एक सक्रिय राजनितीक कार्यकर्ताको हैसीयतले आफु निरन्तर क्रियाशिल रहने बताउनु भएको छ ।
कार्यक्रममा नेकपा एमाले राष्ट्रिय प्रतिनिधी परिषद सदस्य निलकन्ठ गौतम, लुम्विनी अञ्चल समन्वय कमिटी सदस्य कोशल पोखरेल, खडग केसी,नेकपा एमाले गुल्मीका उपाध्यक्ष मधुकृष्ण पन्त, सचिवालय सदस्य कृष्ण सुनार , जिल्ला कमिटी सदस्य हिमाल श्रेष्ठ, लगायत त्यस क्षेत्रका अगुवा, नेता, कार्यकर्ता , मतदाता तथा शुभेच्छुकहरुको ब्यापक सहभागिता रहेको थियो । नेता ज्ञवाली मंसिर २६ गते देखि गुल्मी क्षेत्र नं. २ का २६ वटै गाबिसमा पुगी मतादातालाई धन्यावाद दिने कार्यक्रममा रहनु भएको थियो उहा कार्यक्रम सम्म गरि आजै काठमाडौ फर्कनु भएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग