Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बाबुले गराए छोराको चौरासी पुजा

Published on 1:53:00 PM //

प्रेम सुनार
गुल्मी, २ पुष । चौरासीको नेटो काट्दा पनि मेरा रुखा छोराहरुले चौरासी पुजा गराई दिएनन् भन्ने गुनासो गर्ने बाबु आमाहरु तमाम छन् तर बाबुले मेरो र्चाैरासी पुजा गरी दिएनन् भन्ने छोराहरु विरलै होलान् । पत्याउनुस या नपत्याउनुस छिमेकी जिल्ला बाग्लुङ्गमा भने बाबुले छोराको बिबहा देखि चौरासी पुजा समेत आफ्नै हातले गरी दिएका छन् ।
  तंग्राम गाविस वडा नम्वर ९ का १ सय ४ वर्षिय बृद्ध देविप्रसाद पुनले छोरा लालबहादुर पुनको चौरासी पुजा गराई दिने अवस पाएका हुन् । देविप्रसादका चार छोराहरु मध्ये अहिले तिन छोराहरु छन् । जेठा छोरा लालबहादुर चौरासी टेके । अरु दुई भाई सत्तरीको नेटो काटे । छोराको चौरासी पुजामा परिवारका अरु सदस्यहरुको भन्दा सयको नेटो काटेका दविप्रसादको दौड्धुप, काम–काज बढि थियो ।
  ‘आफ्नै हातले छोराको विवहा गराई दिएँ र आज आफ्नै हातले छोरको चौरासी पुजा पनि गराउन  पाउँदा असाध्धै हर्क ( हर्ष ) लागेको छ  ’ देविप्रसादले गर्वित मुद्रामा भने । चौासी पुजा गराई दिएका उनका छोरा लालबहादुर भारतिय सेनाका पेन्शनर हुन । उनका ४ छोरा र ३ छोरीहरु छन् ।
  तर उनका छोरा छोरीले भन्दा बाबु देविप्रसादले घरको काम बढि गर्छन् । खेती किशानी काममा उनै देविप्रसादको बढि अग्रसरता रहने स्थानिय तेजेन्द थापा बताउँ छन् । छोराको चौरासी पुजामा बाबुको सक्रिय सहभागिता देख्दा अन्य सहभागि युवा युवतीले भन्दै थिए हाम्रो बा’आवै पनि यसरी नै लामो समय बाँच्न सकुँन ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग