Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अर्घाखांचीको मथुराबेशी खोलामा पुल निर्माण सम्पन्न

Published on 12:43:00 PM //

विगत एकदशक भन्दा बढि समयसम्म निर्माण हुन नसकेको अर्घाखांची स्थीत मथुराबेशी खोलामा भत्कीएको पुल निर्माण सम्पन्न भएको छ । अर्घाखांची स्थीत मथुराबेशी खोलामा पुल निर्माण हुन नसक्दा स्थानीयलाई सास्ती भएको समाचार कान्तिपुरले पटकपटक सार्वजनिक गरेसंगै पुल निर्माण कार्य सम्पन्न भएको हो ।

रिडि, खज्याडं, बल्कोट सन्धीखर्क सडक विचमा पर्ने पुल २०५८ सालमा अर्घाखांचीमा आएको विनाशकारी बाढिपैरोले बगाएको थियो । यस अगाडी पुलको अभावमा यस क्षेत्रमा आवतजावत गर्ने गाडी तथा पैदल यात्रुले खोलामा जोखीमपुर्ण यात्रा गर्न बाध्य भएकोमा पुल निर्माण सम्पन्न भएसंगै सजिलो भएको स्थानीय जुना परियारले बताउनुभयो ।

पर्यटकीय हिसावले समेत महत्वपुर्ण मानिने अर्घाखांचीको मथुराबेशीमा पुल बनेसंगै केन्द्रिय सडकका रुपमा रहेको रिडि, खज्याडं, बल्कोट, सन्धीखर्क, अर्घातोष, तम्घास सडकको महत्व समेत बढि भएकाले पुल बनाउन ताकेत गरिएकाले दोहरो आवत जावत हुने गरी निर्माण सम्पन्न भएको समाजसेवी धर्म भुसालले बताउनुभयो ।

जिल्ला विकास समिति अर्घाखांचीको झन्डै ७० लाखको लागतमा पुल निर्माण सम्पन्न भएको बताइन्छ । 

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग