Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पारस उत्कृष्ट–११ भित्र

Published on 1:34:00 PM //

काठमाडौं– नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्का क्रिकेटको लोकप्रिय वेबसाइड क्रिकइन्फोले घोषणा गरेको विश्व ट्वान्टी–२० छनोट खेलका उत्कृष्ट–११ खेलाडीको सूचीमा परेका छन्।
गत वर्ष पारस र शक्ति गौचन उत्कृष्ट–११ खेलाडीभित्र परेका थिए। अमेरिकी पत्रकार पिटर डेलाले तयार पारेको सूचीमा पारस र आरयल्यान्डका पाउल सिटर लिङ दोस्रोपल्ट पर्न सफल भए। युएईमा सम्पन्न विश्व ट्वान्टी–२० क्रिकेट छनोटमा पारसले २ सय ३२ बनाउनुका साथै ११ विकेट लिएका थिए।

नेपालले केन्यालाई पराजित गर्दा पारसले ५४ रन जोडेका थिए। नेपालले सो खेलमा केन्याले दिएको १ सय ८३ रनको लक्ष्य पुरा गर्दै एकदिवसीय मान्यता टोलीविरुद्ध ऐतिहाँसिक विजय हात पारेको थियो।

यस वर्षको सूचीमा नेदरल्यान्डसका तीन खेलाडी वेसलिए बारिसी, मुडासार बुखरी र अहसन मलिक सहित टोनी युरा (पपुवा न्युगिनी), पाउल (आयरल्यान्ड), म्याक्स सोरिनसेन (आयरल्यान्ड), माट माचन स्कटल्यान्ड), खुराम खान (युएई), समिउल्लाह सेनवारी (अफगानिस्तान) र मुनिर दार (हङकङ) छन्।

युएईमा सम्पन्न विश्व ट्वान्टी–२० क्रिकेट छनोटमा पारसले २ सय ३२ बनाउनुका साथै ११ विकेट लिएका थिए। नेपालले पहिलो खेलमा डेनमार्कलाई हराउँदा पारसले अविजित ५४ रन जोडेका थिए।
- नागरिक न्युज डट कम 

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग