Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सतबीज छर्न गएका पुरुष नारायणीमा डुबेर बेपत्ता

Published on 12:32:00 PM //

रत्ननगर (चितवन), मंसिर १७ - बालाचतुर्दर्शीका अपसरमा चितवनको रत्ननगरबाट देवघाटमा सतबीज छर्न गएका एक पुरुषलाई साेमबार बिहान नारायणी नदीले बगाएर बेपत्ता पारेको छ ।
चितवन, तनहुँ र नवलपरासीको सङ्गमस्थल पवित्र तीर्थस्थल देवघाटधाममा नुहाउने क्रममा उनलाई नदीले बगाएको सो क्षेत्रमा सुरक्षामा खटिएका प्रहरी नायब निरीक्षक इन्द्रराज रानाले जानकारी दिए ।
उनका अनुसार आज बिहान करिब ३ बजे त्रिशूली र काली नदीको सङ्गमस्थलमा नुहाउने क्रममा चितवन रत्ननगर–१३ जयमङ्गलाका ४० वर्षीय गुणराज भन्तनालाई नदीले बगाएको हो । सोही क्षेत्रबाट नारायणी नदी प्रारम्भ हुने गर्छ ।
बेपत्ता भन्तनाको अहिले डुङ्गाको सहायताले खोजी कार्य जारी रहेको रेग्मीले बताउनुभयो । नदी छेउमा नुहाउँदै गर्दा एक्कासि आएको छालले उहाँलाई बगाएको प्रहरीले जनाएको छ ।
आज बालाचतुर्दशी भएकाले यहाँ स्नान गर्ने भक्तजनको निकै घुइँचो रहेको छ । -रासस

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग