Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पुलको मर्मत नहुँदा स्थानीय जोखिम मोल्न बाध्य

Published on 7:39:00 AM //

पि.एम.मगर
गुल्मी, पौष ९ । बागलुङ जिल्लालाई झोलुङपुलको जिल्ला भनेर पनि चिनिन्छ तर कतिपय स्थानमा पुल निर्माण र त्यसको उचित व्यवस्था हुन नसक्दा समस्याहरु पनि उत्तिकै आउने गर्दछन् । जस अन्र्गत बुर्तिबाङ वडा नं. ४ स्थित सिमलचौरघाट झोलुङगेपुल जिर्ण बन्दा सर्वसाधारणलाई आवतजावतमा समस्या भएको छ । धेरै पहिले निर्माण गरिएको ४० मिटरको उक्त पुल यतिबेला भिमगिठे मोटरबाटो निर्माणको क्रममा माथिबाट ढुंगा खसेपछि थप क्षतिग्रस्त् हुन पुगेको स्थानियबासीले बताएका छन । पुलको काठको पाता कुहिएर खस्ने, फलामका रड र लुठोमा खिया लागेर भाँचिने र खिइने लगाएतका समस्या भएपछि स्थानियबासीले ५ वर्ष देखिनै लुठो गाँसेर आवतजावतका लागि निर्वाह चलाउँदै आइरहेका छन् । जोखिम मोलेर पुल आवतजावत गर्ने भएपछि विषेश गरि बृद्धबृद्धा, बालबालिका तथा विद्यार्थीलाई बोकेर वारपार गराउनुपर्ने अवस्था रहेकोे स्थानिय डिल बहादुर कुमालले बताउनुभयो । स्थानीयको यो समस्यामा सरोकारवालाले वास्ता नगरेको कुमालले गुनासो समेत गर्नुभयो ।  त्यस पुलको विषयमा जिल्ला विकास समिती , इलाका परिषदमा समेत पटकपटक माग राख्दा समेत कुनै सुवाई नभएको बुर्तिबाङ गाउँ विकास समिती सचिव नन्दराम भुषालले बताउनुभएको छ । उता स्थानिय विकास अधिकारी पुण्य विक्रम पौड्यालले भने यो समस्या समाधानका लागि अव छिट्टै सर्वे गरी पुल निर्माण गरिने आश्वासन दिनुभएको छ ।  

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग