Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सिडिएमए सेवा अबरुद्द, सेवाग्राही मर्कामा

Published on 7:37:00 AM //

पि.एम.मगर
गुल्मी, पौष ९ । गुल्मीको पश्चिम क्षेत्रमा सिडिएमए फोन सेवा अवरुद्ध हुदा सेवाग्राही मर्कामा परेका छन । गुल्मी स्थित करिव आधा दर्जन सेवा ग्राही दुई हप्तादेखि फोन सेवा सहज रुपमा सुचारु नहुदा मर्कामा परेका हुन् । २०६५ सालमा छपहिलेको सिद्धपतिमा स्थापना गरिएको उक्त सेवामा विद्युतको अभावमा ५ बर्षदेखि सौर्यशक्तिमा ९० वाट क्षमताको ३६ वटा सोलार प्यानल भएपनि वैकल्पिक शक्ति नभएको र कहि समय यता भएको मौसम परिवर्तनमा दिनमा घाम नलाग्ने भएपछि सोलार कन्ट्रोलरले काम नगर्दा ओभर भोल्टेज भई टावरमा पर्याप्त मात्रामा विद्युत नभएपछि सेवा अवरुद्ध भएको पश्चिमाञ्चल सिडिएमए ईन्जिनियर सुर्य पाठकले जानकारी दिनुभएको छ । उहाँले अव छिट्टै नै प्राविधिक टोलीहरु ल्याई समस्या समाधान गर्ने आश्वसन समेत दिनुभयो । जिल्लाको क्षेत्र नं. ३ का २८ वटा गाउँ विकास समिति मध्ये धुर्काेट र वामिटक्सारमा सिडिएमए बाहेक अन्य फोन सेवाका टावरहरु सञ्चालन हुदै आएको भएतापनि भौगलिक विकटताका कारण केही गाउँ विकास समितिका अधिकाँस सेवाग्राहीले सिडिएमएबाट नै सेवा लिइरहेका छन । अहिले यसरी फोन सेवा सहज रुपमा सञ्चालन नहुदा फोनबाट गरेको कुराकानी राम्ररी नसुनिने, फोन कटिरहने र अनावश्यक रुपमा पैसा मात्र काटिरहने समस्या रहेको सेवाग्राहीहरुको भनाई छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग