Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

समानुपातिक सूची बुझाउने म्याद पाँच दिन थप

Published on 9:15:00 AM //

काठमाडौं, पुस १० - निर्वाचन आयोगले समानुपातिकर्फको सूची बुझाउने म्याद पाँच दिन थप गरेको छ ।
प्रमुख दलका नेताहरुको सिफारिसमा आयोगले समानुपातिकतर्फको सदस्यहरूको नाम सिफारिसका लागि पुस १५ गतेसम्म म्याद थप गरेको आयोगका प्रवक्ता बीरबहादुर राईले जानकारी दिए ।
आयोगले बुधबारसम्म समानुपतिकतर्फ निर्वाचित हुने सदस्यहरूको नामावली पेस गर्ने समयसीमा निर्धारण गरेको थियो ।
संविधानसभा निर्वाचनको मतपरिणाममा असन्तुष्ट एमाओवादी प्रमुख दलहरुबीच भएको चार बुँदे सहमतिसँगै समानुपातिक सूची बुझाउन सहमत भएपछि म्याद थप अन्तिम हुने आयोगले विश्वास लिएको छ ।
एमाओवादीले समानुपातिक सूची बुझाउन यसअघि अस्वीकार गर्दै आएको थियो । एमाओवादीको बहानामा कांग्रेस, एमालेसहित १८ दलले पनि सूची बुझाउन सकेका छैनन् ।
निर्वाचन आयोगले यसअघि दुईपटक समानुपातिक सूची बुझाउने म्याद थप गरेको थियो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग