Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

छैठौ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तैयारी अन्तिम चरणमा

Published on 2:19:00 PM //

कृष्ण बिसी
नवलपरासी, पौष ३ । भोलीदेखी पौष १० गते सम्म नवलपरासीमा हुन लागेको छैठौ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तैयारी अन्तिम चरणमा पुगेको छ । जिल्ला खेलकुद बिकास समिती नवलपरासीको आयोजना र जिल्ला शिक्षा कार्यलयको समन्वय तथा जिल्ला ६ बटा बिद्यालयको सञ्चालनमा हुन लागेको प्रतियोगिताको लागी आबाश्यक सम्पुर्ण तैयारी अन्तिम चरणमा पुगेको खेलकुद बिकास समितीका सचिव केशब रेग्मीले जानकारी दिनुभयो ।
नयां खेलाडी उत्पादन र पहिचान गर्ने महत्वपुर्ण कडी का रुपमा लिइने प्रतियोगिता सञ्चालनका लागी जिल्लाका ६ बिद्यालयहरु जनक उच्च मावि गैडाकोट, डेढगाउ उच्च मावि डेढगाउं, जनता मा वि ईटौरा, देवकोटा उच्च मावि सुनवल, राजा पुणर््ँ भद्र उच्च मा वि पञ्चनगर,राष्ट्रिय उच्च मावि छिवनीमा खेलमैदानको ब्यवस्थापनको साथमा प्राबिधीक तैयारी तिब्ररुपमा चलिरहेको पनि उहाले जानकारी दिनुभयो ।साथै उहाले आज सामुदायिक रेडियो दाउन्नेको दैनिकी प्रस्तुती कार्यक्रम सामाजीक सरोकारमा कुरा गर्दै खेलक्षेत्रको सुरुवातका लागी यो प्रतियोगिता अत्यन्तै महत्वपुर्ण हुने भन्दै जिल्लाका ६ निर्वाचन क्षेत्र मध्धे आफुलाई पायक पर्ने बिद्यालयमा सहभागिताका लागी सम्पुर्ण बिद्यालयलाई आग्रह गर्नुभयो ।
क्षेत्रिय छनौट खेल भोली देखी पौष ६ गते सम्म सञ्चालन हुनेछ भने फाईनल खेल पौÈ ८, ९ र १० गते जनता मावि इटौरामा हुने छ । नवलपरासी भित्र रहेका १ सय ८९ माध्यमिक विद्यालय र उच्च माविका विद्यार्थीहरुको सहभागिता रहने प्रतियोगितामा भलिबल, रिले, एथ्लेक्टिसका विभिन्न इभेन्टमा खेल  सञ्चालन गरिने छ । ६ बटा निर्वाचन क्षेत्रमा भोली १० बजेदेखी सुरु हुने खेलको उदघाटन कार्यक्रममा क्षेत्र न १ मा सभासद शशांक कोईराला,क्षेत्र न २ मा खेलकुद बिकास समतीका पुर्ब अध्यक्ष शेत ब पुन,क्षेत्र न ३ मा समाजसेवी बिष्णु कार्की,क्षेत्र न ४ मा स्थानिय बिकास अधिकारी रामुराज कडारिया,क्षेत्र न ६ मा प्याब्सनका केन्द«ीय सदस्य धिरज शर्माले उदघाटन गर्ने खेलकुद बिकास समितीका अध्यक्ष डोलराज भण्डारीले बताउनुभयो । प्रतियोगिता सम्पन्न गर्नका लागी १५ लाख भन्दा बढी खर्च हुने आयोजककले अनुमान गरेको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग