Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

आफुहरुको "जन-अदालतमा" उजुरी परेको भन्दै बैद्य माओवादीद्वारा ट्राक्टर नियन्त्रणमा

Published on 2:39:00 PM //

कमल पौडेल
बागलुङ, पुष २ । नेकपा-माओवादीले आज दिउँसो वागलुङको दगातुम्डाडा गाविस ८, राक्सेवाट ट्याक्टर नियन्त्रणमा लिएको छ । लु. २ त. ७६६५ नम्वरको सामे ट्याक्टर मंगलवार दिउसो ४ वजेतिर नियन्त्रणमा लिएको र वागलुङकै ग्वालिचौर तर्फ लगेको चालक अजीव रानाले वताएका छन् ।
अजीवले भने – राक्सेमा ट्याक्टरमा दाउरा लोड गर्दै थियौं एक्कासी आई ट्याक्टर माओवादीले नियन्त्रणमा लिएको भन्दै ट्याक्टर नविन आफै चलाएर गए, हामी पछि पछि दौडियौं भेट्टाउन सकिएन ट्याक्टर ग्वालिचौर तिर लगीयो । उता नेकपा-माओवादीका मगरात राज्य समितिका सदस्य तथा राष्ट्रिय जन स्वयंसेवक वागलुङ क्षेत्र नं. ३ का क्षेत्रिय इन्चार्ज समेत रहेका राम वहादुर कुँवर ‘नविन’ ले आफुहरुको जनअदालतमा सामे ट्याक्टर कम्पनीको डिलर वुटवलवाट उजुरी परेकोले छानविन गर्न ट्याक्टर नियन्त्रणमा लिएको वताएका छन् ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग