Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दैबको खेल, नयाँ सन्तानको जिज्ञाषै जिज्ञाषा विचमा जसको ज्यान लियो

Published on 2:10:00 PM //

प्रेम सुनार
गुल्मी, ३ पौष । वैवाहिक सम्वन्धको कोपिला फक्रिन अव जम्मा एक हप्ता मात्रै बाँकी थियो । खै कस्तो जन्मेला......? गर्भमा रहेको सन्तानप्रति यस्तै यस्तै जिज्ञाषु उनि एक्लै मुस्कुराउँदै विदेशमा रहेका उनै मुटुका टुक्रा कहिले आउने हुन र आफ्नो सन्तान काखमा राखेर खेलाउने हुन् भन्ने कुरा पनि बेला बेलामा मनमा खेलाउँथिन् । सदा झै हिजो विहानै उठीन् । घर–दलान लिप–पोत र गोवर सोत्तर सकिन अनि लागिन् मनका ईच्छा आंकक्षा र श्रीमान प्रतिको कलेस गुनगुनाउँदै घाँस काट्न वन तिर ।
केहि वेर बाटोमा डोको नाम्लो विसाएर हँसियाले भुँई कुटुकुटाउँदै बसेकी उनि खै मनमा के कुरा खेलाउँदै थिईन् । केहि वेरपछि थालिन् घाँस काट्न । भारी पुग्नै लाग्यो र भोक पनि लागि सक्यो । दिनको करिव ११ वजेको थियो । एक्कासी चिप्लीईन् उनि । ए आमा......ए बाबा ...हे मेरो हजुर...भन्दै खसेकी उनि बाँच्नका लागि भिरका कैयौ घाँसका गाँज, पोथ्रा पोध्रीको ठुलो साहरा लिईन् तर नियतिले उनलाई छाडेन् । झा¥यो धेरै तल र प्राण पखेरु उडाएर लगिदियो पापी दैबले ।
असाध्यै गहिरो प्रेम पश्चात मनका मनुसंग विवाह गरेकी उनि विदेशमा रहेका उनै मनुलाई अन्तिम शब्द ‘हे मेरो हजुर....’ भन्न शिवाय अरु कलेस पोख्न पाईनन् । यो हृदय विदारक खवर रोल्पाको हो । लिबाङ्ग गाविस वडा नम्वर ८, गुरुङ गाउँ निवासी ३६ वािर्षया हुर्मती के.सी.को यसरी हिजो ज्यान गएको हो । उनि गुरुङ्ग गाउँको निलरह भन्ने भिरमा घाँस काट्न गएकी थिईन् । उनका श्रीमान मनप्रसाद के.सी. बैदेशिक रोजगारका लागि कतारमा गएको केहि महिना मात्रै भएको छ । उनि सुत्केरी हुन जम्मा एक हप्ता मात्रै बाँकी थियो । गर्र्भको सन्तानलाई श्रीमानको काँखमा रखाएर लज्जालु मुस्कान मुस्कुराउने उनको चाहना त्यसै भिरमा अन्त्य हुँदा गुरुङ्ग गाउँवासी भावविह्ल भएका छन् यति बेला । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल रउघा लगिएको प्रहरीले जनाएको छ ।
केहि कमाएर सुखत दाम्पत्य जिवन विताउने सपना साँचेर कतार पुगेका मनप्रसाद अहिले पत्नी वियोगको पिडाले त्यहाँ छट्पटाई राखेका छन् भने यता परिवारजनमा रुवावासी छ । घरमा उनको सुत्केरी पोषणका लागि परिवारजनले घिउ तेल , कुखराहरुको जोह गरी सकेको थियो । यसरी ग्रामीण क्षेत्रमा अनिवार्य घाँस दाउरा र भिर पखेरा महिलाहरुका लागि अकल्पनिय जोखिम बन्दै आएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग