Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा १ सय ९ वटा मानवअधिकार हननका घटना रेकर्ड

Published on 11:23:00 PM //

पि.एम.मगर
गुल्मी, पौष ७ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) जिल्ला कार्यालय गुल्मीको आयोजनामा नेपाल मानवअधिकार बर्ष पुस्तकको वार्षिक समिक्षा कार्यक्रम सदरमुकाम तमघासमा सम्पन्न भएको छ ।
सन २०१३ मा संकलन भएका मानवअधिकार उलंघनका घटनाहरुलाई सत्य र तथ्यपुर्ण बनाउनका साथै सरोकारवालाहरुलाई मानवअधिकारको सवालमा संवेदनशील बनाउने उद्देश्यले आयोजित कार्यक्रममा जिल्ला न्यायधिवक्ता सुवास भट्टराईले इन्सेकले प्रकाशनमा ल्याउने घटना सत्य तथ्यमा आधारित भएको भन्दै गम्भिर प्रकृतिका मानवअधिकार हननका घटनामा समेत मिलापत्र हुने प्रवृतिले दण्डहिनता मौलाएको बताउनुभयो ।
 प्रहरी निरीक्षक राजेन्द्रप्रसाद श्रेष्ठले इन्सेककले मानवअधिकार अनुगमन गरी तथ्याङ्कक सार्वजनिक गर्दा राज्यका निकायहरु सचेत हुने तथा सेवामा गुणात्मकता ल्याउन मद्धत गर्ने बताउनुभयो । उहाँले इन्सेक लगायतका निकायले मानवअधिकार सचेतनाका कार्यक्रममा बृद्धि गरि अधिकार र कर्तव्यबारे सचेतिकरण गर्ने कार्यक्रम सञ्चालन गर्न आग्रह गर्नुभयो । कार्यक्रममा नेपाली काँग्रेसका विष्णुकुमारी सापकोटा, नेकपा एमालेका टोमलाल पाण्डे, एकीकृत नेकपा माओवादीका वेगम चन्द, नेकपा माओवादीका बिरबहादुर कार्की, राष्ट्रिय जनमोर्चाका जिवन राना, जिल्ला विकास समितिका योजना अधिकृत बाबुराम पल्ली, जिल्ला प्रसाशन कार्यालयका अधिकृत यज्ञश्वर पन्थी, गैर सरकारी संस्था महासंघका विष्णुप्रसाद भण्डारी, बालअधिकार अधिकृत झविन्द्र गैरे लगायतले राज्यले कानुन बनाए पनि कानुनको प्रभावकारी कार्यान्वयनका लागि यथोचित व्यबस्था गर्न नसक्दा मानवधिकार संरक्षणमा कठिनाई उत्पन्न भएको विचार व्यक्त गर्नुभएको थियो । इन्सेक जिल्ला संयोजक यज्ञपसाद भुसालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधी नरेश भण्डारीले सन् २०१३ मा संकलन भएका मानवअधिकार उल्लंघन र ज्यादतीका घटना समेटिएको बार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो । प्रतिवेदनमा महिला अधिकारका मात्रै १ सय १२ वटा घटना दर्ता भएको उल्लेख छ । जस मध्ये बलात्कारको एक, बहुविवाह एक, पारिवारजनबाट हत्या एक र घरेलु हिंसा १ सय ९ वटा छन् । यस्तै बाल अधिकारका ९ वटा घटना मध्ये बलात्कार दुई, बलात्कार प्रयास एक, घरेलु हिंसा दुई, बाल छात्रा ओसार पसार एक रहेका छन् । धम्की तथा कुटपिटमा राज्यतर्फबाट दुई र गैर राज्य पक्षबाट तिन वटा रहेका छन् भने जातिय विभेदका घटना तिन वटा रहेका छन् ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग