Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मृगौला पीडितलाई गुल्मी समाज दोहाको सहयोग

Published on 9:51:00 PM //

जनार्दन घिमिरे
गुल्मी, ७ पुस । गुल्मी सेवा समाज दोहा कतारले गुल्मी जिल्लाका दुईजना मृगौला पीडितलाई रु ६० हजार रुपैंया सहयोग उपलब्ध गराएको छ । दुबै मृगौला विग्रिएपछि सहयोगको याचना गरिरहेको ठूलोलुम्पेक र नेटा गाविसका दुई मृगौला पीडितलाई समाजले आज सदरमुकाम तम्घासमा सहयोग रकम हस्तान्तरण गरेको हो । ठूलोलुम्पेक गाविस ५ की मृगौला पीडित तिलमाया तरामु र नेटा गाविस ५ का मृगौला पीडित गोपाल परियारलाई उक्त सहयोग रकम हस्तान्त्रण गरिएको हो । समाजका कोषाध्यक्ष बुद्ध पाण्डे र सह कोषाध्यक्ष झबिन्द्र आचार्यले संयुक्त रुपमा दुबै जनलाई ३०÷३० हजार रकम हस्तान्तरण गरेका थिए ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग