Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पढ्ने चाहना भएका दलित अपाङ्ग किशोरलाई सहयोगी हातहरु

Published on 3:24:00 AM //

प्रेम सुनार
गुल्मी, पुष ७ । गुल्मीन्युज डट कममा एक १६ बर्षे अपाङ्ग दलित कोशोरको पढ्ने चाहना सम्बन्धी समाचार प्रकाशित भएपछि विभिन्न ब्याक्ति र संस्थाले सहयोग गर्ने क्रम बढेको छ ।

यहि क्रममा गुल्मीको दर्लिङ ६ घर भई आशा अपाङ्ग केन्द्र तम्घासमा कृत्रिम खुट्टा बनाउने लगायतको उपचार गराई रहेका १६ वर्षिय अपाङ्ग अमृत बिश्वकर्मालाई तम्घासको एक वोर्डिङ्ग स्कुलका विद्याथीहरुले अर्थिक सहयोग गरेका छन् ।

गुल्मीन्युज डट कममा उनको विचल्लीको समाचार पढे पछि गण्डकी बार्डिङ्ग स्कुल मनिष भण्डारीको नेतृत्वमा सो विद्यायलय कक्षा १० का छात्र-छात्रा र शिक्षकहरुले चार हजार भन्दा बढि रकम उनै बिश्वकर्मालाई दिएका हुन् ।

अपाङ्ग अमृतले शिक्षा पाएर सपाङ्गले झंै केहि गरेर देखाउने ईच्छा देखाएपछि उनलाई सो केन्द्रले उपचार पश्चात पढाउने समेत भएको छ ।
अमृत बिश्वकर्मालाई सहयोग हस्तान्तरण गर्दै गण्डकी वोर्डिङ्ग स्कुलकी छात्रा मनिषा र उनका साथीहरु । तस्बिर: प्रेम सुनार
त्यस्तै ईजरायलमा रहेकी गुल्मी मुसिकोट ५ निवासी विद्या कार्की सहितका विदेशमा रहने नेपालीहरुले उनको खरको चुहने झुपडीमा समेत टिनको छान लगाई दिनका लागि सहयोग संकलनमा जुटेका छन् ।

मरभुङ्ग १ घर भई दुवईमा बस्ने खडग नेपाली र ओमप्रकाश सुनारले पनि जनही ११ सय ११ का दरले सहयोग पठाएका छन् । उनलाई विभिन्न स्थानबाट सहयोग गर्ने क्रम जारी रहेको छ ।


0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग