Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

स्वर्गिय शिक्षक निर्मलको घटना छानविनको माग

Published on 1:23:00 AM //

प्रेम सुनार

गुल्मी, १४ पुस ।   केहि दिन अघि गुल्मीको थानापतिमा मृत फेला परेका शिक्षक निर्मलल ज्ञवालीकाबारेमा छानविन हुनु पर्ने माग यहाँको एक राजनैतिक दलले गरेको छ । पौष ९ गते  बलेटक्सार ४ निवासी ३९ वािर्षय शिक्षक ज्ञवालीको विद्यालय नजिकै मृत फेला परेको र उनलाई लगाईएको आरोप र उनको रहस्यमय मृत्यु घटनाको निष्पक्ष छानविन हुनु पर्ने माग एकिकृत नेकपा माओवादी गुल्मी क्षेत्र नम्वर २ ले गरेको हो ।

   सो पार्टीका क्षेत्रिय संयोजक अशोक थापाद्धारा जारी विज्ञप्तीमा समाजको विकृति बिसंगति उठान गर्न लाग्नु भएका शिक्षक ज्ञवालीको मृत्यु रहस्यमय भएको उल्लेख छ । लामो समयदेखि वामपन्थी आन्दोलनमा लाग्नु भएका शिक्षक ज्ञवाली त्यस विद्यालयका कुशल र दक्ष विज्ञान शिक्षक हुनुहुन्थ्यो विज्ञप्तीमा भनिएको छ शिक्षण पेशामा उहाँ जिल्ला कै अनुशासित , कर्तब्य निष्ठा र इमान्दार ब्याक्तीका रुपमा रहेको कुरा समाजलाई जगजाहेरै छ ।

 

   त्यस्तो शिक्षकलाई जुन अन्तिम समयमा आएर गैर जिम्मेवारीपुर्ण ढंगले आरोप लगाईएको छ त्यो सभ्य, सुसंकृत र शिक्षित समाज बनाउन नचाहने केहि ब्याक्तिहरुको झुण्डाले लगाएको झुटो आरोप हो भन्ने हाम्रो ठहर छ’ –विज्ञप्तीमा भनिएको छ । यसर्थ हामी उचित छानविनको माग गर्दछौं संयोजक थापाले भनेका छन् ।

  शोक बक्तब्य जारी गर्दै एकिकृत नेकपा माओवादीले स्वर्गिय ज्ञवालीका परिवार र आफन्तजनप्रति गहिरो समावेदना प्रकट गर्दै शोकलाई शक्तिमा बदलेर समाज रुपान्तरणको अभियानमा लाग्न परिवारजनलाई अनुरोध गर्दै स्वर्गिय ज्ञवालीका अधुरा सपना साकार पार्ने प्रतिबद्धता जाहेर गरी उहाँप्रति श्रद्धाञ्जली अपर्ण गरिएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग