Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नवलपरासीको परासीमा सेमी कर्भडहल निर्माण कार्य हुदै

Published on 1:21:00 AM //

कृष्ण बिसी 
नवलपरासी, पौष १४ । राष्ट्िरय खेलकुद परिषदले यस आर्थिक बर्षमा योजना सम्पन्न गर्ने गरि नवलपरासीको सदरमुकाम परासीमा सेमी कर्भडहल निर्माण गर्ने भएको छ । करिव ५६ लाख लागतमा निर्माण पुरा गर्ने राष्ट्रिय खेलकुद परिषदका इन्जियनयर किशोर सिंह शाही ले जानकारी दिनु भयो । कर्भडहलको लम्वाई ३० मिटर र चौडाई २० मिटर को कर्भडहल निर्माणको जम्मा प्रदेश निर्माण सेवा काभ्रेले पाईसकेको छ ।  परासी आर्दश स्कुल पछाडी को जि वि सको नाममा रहेको र हाल जिल्ला खेलकुद विकास समिति ले भोगाधिकार प्राप्त जग्गामा कर्भडहल निर्माणको काम सुरु हुन लागेको जिल्ला खेलकुद विकास समितिका सचिव केशव रेग्मीले बताउनुभयो । कर्भडहल हल निर्माण पछि जिल्ला मा ईनडोर खेल सचालनमा सजिलै गर्न सकिने र खेलाडी उत्पादनम पनि सहजता थपिने कराते प्रशिक्षक ऋषिराम पौडेलले वताउनुभयो ।कर्भड हल निर्माण सम्पन्न भएसगै बिभिन्न खेलको प्रशिक्षण सगै प्रतियोगिता सचालनका लागी सहज हुने जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष डोलराज भण्डारीले बताउनुभयो । खेलकुद परिषदका प्राविधिक र ठेकेदारले जग्गा को निरीक्षण गरिसकेको र अव एक हप्तावाट निर्माण कार्य सुरु गरिने समितिले जनाएको छ । 

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग