Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सामुदायिक रेडियो दाउन्नेको प्रसारण क्षमतामा बृद्धी, छिमेकी जिल्लाहरु लगाएत भारतका बिभिन्न क्षेत्रमा सुन्न सकिने

Published on 1:36:00 AM //

कृष्ण बिसी 

नवलपरासी, पौष १४ । दाउन्ने सुचना तथा सहकारी सस्था लिमीटेडद्धारा सञ्चालित सामुदायिक रेडियो दाउन्नेको प्रशारण क्षमतामा बृद्धीभएको छ ।बिगत २ बर्षदेखी २ सय ५० बाटको क्षमतामा प्रसारण भईरहेको रेडियो दाउन्ने सुचना तथा सञ्चार मन्त्रालयको स्वकृतीमा प्रसारण क्षमता ५ सय बाट मा बृद्धी भएको हो ।सुचना संिगत मनोरञ्नका समाचार र कार्यक्रम प्रसारण गर्दै आएको रेडियो छोटा समयमै लोकप्रिय बन्न सफल भएको छ । नवलपरासीको बर्दघाटमा स्टुडियो रहेको सामुदायिक रेडियो दाउन्नेले नितान्त समदायमैत्री कार्यक्रम पनि सञ्चालन गरिरहेको छ ।एफ एम ब्यान्डको १०३ दशलव ४ मेगाहर्ज र ईन्टरनेट अनलाईनकोwww.RadioDaunne.org Log On गरेर बिश्वभर सुन्न सकिन्छ ।रेडियोको प्रसारण क्षमतामा बृद्धीभए सगै हरेक बर्ग,समुदाय,लगाएत सबै क्षेत्रलाई समेटेर बिबिध कार्यक्रमहरु सञ्चालन गरिने रेडियोले जनाएको छ ।क्षमता बृद्धी भएसगैं नवलपरासी लगाएत छिमेकी जिल्लाहरुरुपन्देही,चितवन,तनहु,पाल्पा,कपिलबस्तु,अर्घाखार्ची,भारतका केही क्षेत्रहरुमा रेडियो स्पष्ट सग सुन्न सकिने भएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग