Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नवलपरासीको बर्दघाटमा रिङरोड निर्माणका लागी पहलकदमी अगाडी बढयो

Published on 11:31:00 PM //

कृष्ण बिसी
नवलपरासी, पौष ३ । नगरोन्मुख बजारको रुपमा बिकास हुँदै आएको नवलपरासीको बर्दघाट बजार क्षेत्रलाई मध्यनजर गर्दै माकर गाविसमा रिङरोडको निर्माणका लागी पहल कदमी अगाडी बढेको छ ।जिल्ला बिकास समितिबाट यस आर्थिक बर्षमा बिनियोजित पांच लाख रुपैया बिनीयोजन भएपछी रिङरोड निर्माणका लागी राजनैतिकदल सरोकारवालाहरुको पहल कदमी अगाडी बढेको हो । निर्माणको काम सुरु गर्नका लागी हिजो सामाजीक परिचालीका उषा पञ्जियारको अध्यक्षतामा बसेको सर्वपक्षीय भेलाले चुडामणी भण्डारीको नेतृत्वमा १७ सदस्यीय निर्माण उपभोक्ता समितीको गठन भएको छ । समितिको उपाध्यक्षमा दधिकला पौडेल, सचिवमा अर्जुन बस्याल र कोषाध्यक्षमा देबीदत्त सापकोटा रहनुभएको छ ।
रिङरोड निर्माणका लागी नक्सांकन बमोजिमका कार्य अघि बढाईने तयारी भएको निमार्ण समितीका अध्यक्ष भण्डारीले बताउनुभयो । दिर्घकालिन योजना भएकाले सबै तह र तप्काको सहयोग चाहिने भन्दै यतिबेला गाबिसका क्रियाशिल राजनैतिकदल तथा बिभिन्न संघ संस्थाहरु र स्थानियबासीहरु एकभएर संयुक्त रुपमा लागी परेका छन् ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग