Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रेग्मीको सभाषद बन्ने चाहना छैन्ः गौतम

Published on 11:31:00 PM //

कविता घर्ती मगर
मन्त्रीपरिषदका अध्यक्षका प्रेस सल्लाहकार विमल गौतमले खिलराज रेग्मीको सभाषद बन्ने चाहना नरहेको बताउनुभएको छ ।
नेपाल पत्रकार महासंघले आज बागलुङमा आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै गौतमले सञ्चारमाध्यमा आए जस्तो मन्त्रीपरिषदका अध्यक्षको सभाषद बन्ने चाहना नरहेको बताउनुभयो ।
गौतमले मन्त्रीपरिषद अध्यक्ष रेग्मीले सबच्र्चो फकर्ने र नफकर्ने विषयमा निर्णय गरि नसकेको बताउनुभयो । रेग्मीले प्रधानन्याधिसमा फकर्ने बारेमा निर्णय गरिसक्नु भएको छैन् गौतमले भन्नुभयो केहि समयमा निर्णय गर्नुहुन्छ । गौतमले नेपाल पत्रकार महासंघ बागलुङको संस्थागत विकासका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
बागलुङको ग्वालिचौर घर भएका गौतमले पत्रकार महासंघलाई जिल्ला हुलाक कार्यालय अस्थायि रुपमा प्रयोग गर्नेका लागि वाताबरण बनाउन आवश्यक पहल गर्ने बताउनुभयो । उहाँले पत्रकारको आर्थिक अवश्था सुधार गर्नका लागि नेपाल पत्रकार महासंघ र सरकारले विषेश कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रम नेपाल पत्रकार महासंघका अध्यक्ष रामबहादुर जिसिको अध्यक्षता, उपाध्यक्ष मुकेशचन्द्र राजभण्डारीको स्वागत र सदस्य दिलिप पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग