Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

परिवारले खोसे पनि फेरी सुरजसंगै सम्झना (फोटो फिचर)

Published on 11:20:00 PM //



प्रेम सुनार
गुल्मी, ३ पौष । ‘सुन पानीले छर्क मायालु, यो समाजले काँचुली फेर्दैछ अझै केहि दिन पर्ख मायालु ....’ गायक राजु परियारलाई विष्णु माझीले फर्काएको यो गितमा झै साँच्ची नै यो समाजले काँचुली पेर्दैछ र दिन प्रति दिन रुढीवादी समाजको जाति–पाती, उच–निचको विभेदलाई ठाडो चुनौती दिँदै युवा युवतीहरु अन्तर्जातिय विवाह बन्धनमा बाँधीदै छन् ।
झण्डै तिन अघि देखि हस्तीचौर २ हर्पुकोटका २२ वार्षिय सुरज विश्वकर्मा झाङ्गिएको प्रेमलाई हस्तीचौर ४ कि १९ वर्षिया सम्झना खत्रीले परिवारको कडा अवरोधका वावजुद पनि मंसिर ३० गते विवहामा परिणत गराईन् । अक्सफोर्ड कलेज वुटवलमा स्नातक दोश्रो वर्षमा अध्यनरत सम्झनाले वुटवल नजिकै पर्ने खैरेनीस्थित देवदहको मन्दिरमा सुरुजबाट सिउँदोमा सिन्दुर थापेर प्रेम विवहा गरेकी थिईन् । विवह पश्चात उनिहरु हस्तीचौरस्थित घर भित्रिन आए । घर आएको तिन दिन पछि मंगलवार उनका आफन्तजन आएर केहि कुरा गर्नु छ भनेर अलिपर लगे । सम्झनाका बाबु जगतबहादु खत्री सहितको टोलीले उनलाई गालामा थप्पड हान्दै र लतार्दै तम्घासतिर ल्याए ।
सम्झनालई परिवारले खासेर लगेपछि सुरुज फोन मार्फत मुटु भक्कानाउदै यो समाचारदातसंग सहयोगको आग्राह गरे । राती नै सुरज तम्घास आएर जिल्ला प्रहरी कार्यालयमा आफ्नी जिवन संगिनलाई गायव पार्न सक्ने भन्दै मौखिक उजुरी दिए । तम्घासमा रहेकी सम्झानाकी सानी आमा र साना बुुवाले भने सकरात्मक भुमिका खेले । उनिहरुले विदेशमा रहेकी सम्झनाकी आमा विमला खत्रीलाई फोन गरेर सोधे । आमाले त्यहाँबाट छोरीको जे ईच्छा छ त्यही गर्छे भन्ने खालको कुरा गरेपछि उनिहरुले जिल्ला प्रहरी कार्यालयमा ल्याएर सम्झनालाई बुझाएर गए । त्यतिञ्जेल सम्म सम्झनाको आँखामा आँशु वगि रहेको थियो । सुरुज पनि मुटु भक्कानाउदै बसेका थिए । उनिहरुले छोडे पछि प्रहरीले सम्झनाका अभिवाकहरुलाई पटक पटक सम्पर्क ग¥यो तर कोहि सम्पर्कमा आएनन् । सम्झनाले सुरुजसंग जान नपाए आत्मा दहन गर्ने सम्मको चेतावनी दिईन् । अन्ततः प्रहरी उनिहरुको फोटो र हुलिया मात्रै राखेर उनिहरुलाई स्वतन्त्र छाड्न बाध्य भयो ।
निमित्त जिल्ला प्रहरी प्रमुख प्रहरी निरक्षक निशान्त श्रीवास्तव भन्छन्–‘ केटाकेटी आपसमा छुट्टीनै चाहन्न त हामीले के गर्ने ? उनका अभिभावकलाई पटक पटक सम्पर्क गरियो उनिहरु सम्पर्कमै नआए पछि उनिहरुलाई छाडियो । प्रहरी कार्यालयबाट निस्केका सुरज र सम्झनाको आँखामा बल्ल खुशी देखा प¥यो । सम्झनाले भनिन्– ‘ हाम्रो सम्वन्धलाई छुटाउने अव कसैको ताकत छैन – मुटु भक्काउँदै उनले थपिन –‘मेरो बुवा जगतबहादुर एउटा शिक्षक र कुनै दलको नेता पनि उहाँले विगतमा जाति पति केहि होईन हामी समान छौं भन्दै दलित बस्तीहरुमा छाटेको भाषणले त्यस्तो ब्यबहार गर्नु होला भन्ने मैलो सोचेकै थिएन तर उहाँको बोली र ब्यवहारमा अन्तर रहेछ ।’ सम्झनाले त्यसै गरिव दलित परिवारको घरमा स्वर्ग देखेको बताईन् । भनिन्–‘ मैले सम्पति वा कुनै जात संग होईन मेरो सुरजसंग प्रेम विवाह गरेकी हुँ मलाई उनको घर स्वर्ग जस्तै लागेको छ । ’
सुरज भन्छन् –‘ यदि सम्झनालाई गायव पारिएको भए उनको खोजीमा मैले ज्यान दिन पनि तयार हुन्थें ।’ उनले सम्झनालाई पाउँदा नयाँ जिवन पाएको बताए । भने–‘ प्रेम भन्ने कुरा जिवन रहेछ जो मैले सम्झनालाई पाए पछि महशुस गरेँ । ’ परिवारजनले अझै पनि षडयन्त्रको तानावान बनेर छुटाउन सक्ने भएकाले उनिहरु आजै देखि भुमिगत रहने बताए । त्यस पुर्व रुढीवादी समाजलाई चुनौती स्वरुप सम्झनाले सुरुजको हात समाते कसैले छुटाउन नसक्ने अठोटका साथ तस्वीर खिचाउन चाहिन् ।  उनले अक्सफोर्ड कलेज वुटवलका साथीहरुलाई मिस गर्दै भनिन् –‘ साथीहरु तपाईहरुले मलाई दिएको बधाईप्रति धन्यवाद दिदै यदि तपाईहरु पनि म जस्तै कुनै दलित युवा संग वा दालित युवा साथीहरुले म जस्तै गैह्र दलित युवतीसंग लभ गर्नु भएको छ भने कुनै पनि शक्तिसंग नडराई विवहा गर्नुहोस् यो जाति पाती ,उच निच च भन्ने कुरा भ्रम हो । ’ उनका बाबु जगतबहादुर हिमालय उच्च माध्यामिक विद्यालय हस्तीचौरका सहायक प्रचार्य रहेका छन् । उनको प्रतिकृयाका लागि प्रहरीले समेत सम्पर्कमा ल्याउन सकेको छैन् ।




तस्वीरः परिवारले विवहाको खै प्रमाण ? भन्ने सवालको जवफामा देवदह मन्दिरमा गरिएको विवहाको तस्वीर र पुनर्मिलन पछि जिल्ला प्रहरी कार्यालय अगाडी सुरजको हातमा हात थमाउँदै सम्झना ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग