Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मृत भेटिएका शिक्षकको घटनाका विषयमा प्रहरी अनुसन्धानमा

Published on 7:35:00 AM //

पि.एम.मगर
गुल्मी, पौष ९ गते । सोमबार बेलुकी मृत अबस्थामा फेला परेका राष्ट्रिय माध्यमिक विधालय थानपति गुल्मीका शिक्षक निर्मल ज्ञवालीको शवको मंगलबार पोष्ट मार्टम भएको छ । वलेटक्सार ४ का ३२ वर्षीय शिक्षक ज्ञवाली हिजो साँझ विधालय नजिकै मृत अवस्थामा भेटिएका थिए । हिजो अपरान्ह ४ वजेसम्म विधालयमै रहेका शिक्षक साँझ एक्कासी मृत अवस्थामा फेला पारेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । शवको प्रकृति हेर्दा शरिरमा कुनै पनि चोटपटक नदेखिएको र घटनावारे अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । मृतक ज्ञवाली स्थानीय व्यापारी समेत रहेका थिए ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग