Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अपाङ्ग अमृतलाई बिदेशबाट थप सहयोग

Published on 8:57:00 PM //

प्रेम सुनार
गुल्मी, १६ पुस । दुइ हप्ता अघि रेडियो स्काईबाट ओझेलका खवरमा गुल्मी दर्लिङ्गका अपाङ्ग एवं विपन्न अमृत बिश्वकर्माको विचल्लीको कथा प्रशारण भएपछि उनलाई सहयोग गर्ने क्रम बढेको छ । ३ वर्ष अघि १३ वर्षको उमेरमा दिल्लीमा जुठा भाडा माझ्न पुगेका दर्लिङ्ग ६ का बिश्वकर्मालाई पछिल्लो चरण रु ८ हजार सहयोग भएको छ ।
गुल्मीको मुसिकोट ५ देउराली घर भई सउदी अरवमा कार्यरत विष्णु घिमिरे र अवुधावीमा कार्यरत मोहन घिमिरेले गुल्मीन्युज डट कम मार्फत ओझेलका खवर सुनेर अमृतलाई सहयोग गर्न चाहेको बताउनु भयो । उहाँहरुले दुई भाईबाट संयुक्त रुपमा ८ हजार रुपैयाँ पठाएर आफ्ना पिता पृथ्वीबहादुर घिमिरेद्धारा पिडित अमृतलाई हस्तान्तर गराउनु भएको हो ।  दुवै खुट्टाका अपाङ्ग अमृतको त्यो विचल्ली देखेर घिमिरेद्धयका पिता पृथ्वीबहादुरले उनलाई आफुले आगमी दिनमा पढ्नका लागि पनि थप सहयोग गर्ने बताउनु भयो । त्यस्तै अमृतलाई अमेरिकामा कार्यरत पौदी अमराई ४ का कैलास केसी, अमेरिका मै रहेका बाग्लुको दर्लिङ्ग १ का टिकाबहादुर रायमाझी, गुल्मी दर्लिङ्ग २ वलगासका घर भई अमेरिकामा बस्ने सुवोद केसी, र ईजराइलमा कार्यरतहरु क्रमशः मुसिकोट ५ देउरालीकी विद्या कार्की, ताप्लेजुङ्गकी सुस्मिता चुडाल, प्युठानकी कमला पुन, रुपन्देही रुद्रपुर ९ की कविता ढकालले गुल्मी जोहाङ्ग ७ लम्हरी डाँडाकी सिता भण्डारीले सयुक्त रुपमा ४५ हजार सहयोग पठाई सक्नु भएको छ ।
पौदी अमराईका शैलेन्द्र केसी लगायतका नेपालीहरुले अमृतको चुहीने खरको छानमा टिन लगाई दिनका लागि ४५ हजार रुपैयाँ सहयोग हस्तान्तराण भई सकेको छ । यता सदरमुकाम तम्घासस्थित गण्डकी वोर्डिङ्ग स्कुल कक्षा १० कि छात्रा मनिष भण्डारी सहितका विद्यार्थी, शिक्षकहरुले ४ हजार १ सय रुपैयाँ सहयोग गरी सकेका छन् । यो सहित अमृतलाई कुल ५७ हजार १ सय रुपैयाँ सहयोग भएको छ ।
डेढ वर्ष सम्म भारतमा गरेको उपचार खर्च ११ लाख ऋण लगाएको त्यो परिवारको सम्पत्तिका नाममा त्यही चुहिने वास मात्रै छ । उनको पढ्ने र हिँड्ने डुल्ने चाहना यहाँस्थित आश अपाङ्ग केन्द्रले पुरा गरी दिने भएको छ । उनलाई सो संस्थाले आफ्नो उपचार केन्द्र मैं राखेर उपचार, पालन पोषण र आगमी शैक्षिक सत्रदेखि विद्यालय भर्ना गरी दिने भएको प्रवन्धक गंगा रायमाझीले बताउनु भयो ।
अमृत र उनकी आमा धनमायालाई सहयोग हस्तान्तरण गर्दै मुसिकोट ५ देउरालीका पृथ्वीबहादुर घिमिरे



0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग