Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मोटरसाईकल पल्टिँदा एक जनाको ज्यान गयो

Published on 1:58:00 AM //

कृष्ण बिसी 
नवलपरासी, पौष १४ । नवलपरासीको दुम्कीबास बडा न १ नजिकैको जंगलमा मोटरसाईकल आफै अनियन्त्रीत भई पल्टिदा एक ब्याक्तीको मृत्यु भएको छ । पुर्वबाट पश्चिम तर्फ आउदै गरेको लु ६ प ८६५८ नवंरको मोटरसाईकल दुम्कीवासको जगलमा पल्टिदा सोही गाविस ५ ज्यामिरे निवासी बर्ष ३५ क यमकान्त सुवेदीको उपचारको क्रममा मृत्यु भएको हो । शनिवार साझ ६ बजेतिर भएको उक्त दुर्घटनामा गभिर घाईते भएका सुवेदीको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको इ्रलाका प्रहरी कार्यलय नवलपुरले जनाएको छ । सोही बिषयमा लिएर हिजो स्थानियवासीले करिव ३ घण्टा राजमार्ग अवरुद्ध पारेक थिए । उचित क्षतीपुर्तीको लागी पहल गर्ने भन्ने सहमती भएपछी सडक खुलेको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग