Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एक साताअघि हराएको मानिस पानी ट्याङ्कीमा मृत भेटिए

Published on 8:36:00 PM //

भक्तपुर, मङ्सिर २२। एकसाता अघिदेखि हराएका व्यक्ति आफू काम गर्ने कारखानाकै पानी ट्याङ्कीमा मृत अवस्थामा भेटिएका छन्।
भक्तपुरको सिपाडोल गाविस जगातेस्थित भक्तपुर इँटा तथा टायल कारखानामा प्लम्बरको काम गर्ने मजदुर सिपाडोल–७ निवासी वर्ष ३५ का कृष्णशरण बानियाँ सोही कारखानाको पानी ट्याङ्कीमा मृत अवस्थामा फेला परेका हुन्।
गत शुक्रबार रातिदेख घर नगएपछि बेपत्ता भएको भन्दै कारखाना र परिवारले बानियाँको खोजी गरेपनि आज अपरान्ह अचानक पानी ट्याङ्कीमा टाउँको उत्रिएको अवस्थामा भेटिएको कारखानाले जानकारी दिएको छ।
बानियाँ सोही कारखानामा प्लम्बरको रुपमा कार्य गर्ने मजदूरसमेत रहेको र पानीको धारा मर्मत तथा पानी ट्याङ्कीमै सम्बन्धित काम गर्दै आएको कारखानाको भनाइ छ।
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक जगतमान श्रेष्ठले एक सातादेखि हराएको भनिएको मजदूर आफ्नै कारखानाको पानी ट्याङ्कीमा मृत भेटिएकाले आजैदेखि अनुसन्धान सुरु गरेको बताउनुभयो।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग