Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अधिवेशनको संघारमा प्रवासी मन्च बेलायत

Published on 8:56:00 PM //

ध्रुबराज अर्याल
लण्डन । प्रवासी नेपााली मन्च बेलायत यतिबेला आफ्नो तेस्रो अधिवेशनको तयारीमा जुटेको छ । जनवरी ५ तारिखमा लण्डनमा हुने अधिवेशनले आगामी तीन वर्षका लागि मन्चको नयां कार्यसमिति चयन गर्नेछ ।
अधिवेशनमा सहभागी हुन एमाले नेता भिम रावल बेलायत आउंदैहुनुहुन्छ । मन्चका नेता रामशरण सिम्खडाले अध्यक्ष झलनाथ खनाललाई पनि ल्याउने तयारी भइरहेको बताएका छन । तर सरकार निर्माण र संिवधानसभा गठनको व्यस्तताका कारण उनी आउने सम्भावना कम रहेको बुझिएको छ । प्रवासी मन्च प्रवासस्थित नेकपा एमालेको भातृ संगठन हो । यसअघि पुर्वनिर्धारित रुपमा गत फेब्रुअरीमै सम्पन्न हुनुपर्ने अधिवेशन पार्टीको आन्तरिक कारण र संिवधानसभाको निर्वाचनका कारण भन्दै पटकपटक स्थगित हुंदै आएको थियो । मन्चको २७ सदस्यीय नया ंकार्यसमिति चयन गर्ने अधिवेशनबाट जनवरी १२ मा हुने युरोप क्षेत्रीय अधिवेशन र पार्टीको राष्ट्रिय प्रतिनिधी परिषदका लागि पनि एकएक सदस्य छनौट गरिनेछ ।
बेलायातमा सक्रिय विभिन्न दलआबद्ध संगठनहरुमध्येकै पुरानो मन्चको नेतृत्वमा अहिलेसम्म एनआरएन युकेका पूर्व महासचिव रामशरण सिंखडा र मन्चका वर्तमान उपाध्यक्ष सुरेन्द्र थपलियाले गरेको दाबी चर्चामा छ । तर मन्चनजिकका नेता कार्यकर्ताहरु सिंखडाकै सम्भावना बलियो रहेको बताउंछन । एनआरएनको महासचिवका रुपमा सिंखडाले खेलेको प्रभावकारी र हस्तक्षेपकारी भुमिकाका कारण पनि मन्चका कार्यकर्ताहरुले उनलाई मन्चको नेतृत्वमा हेर्न चाहेका छन । मन्चकै संगठन विस्तार र विकासमा पनि सिंखडाले महत्वपुर्ण भुमिका निर्वाह गरेको उनीहरुको ठहर छ ।
उता उपाध्यक्ष थपलिया पनि आफ्नो दाबीमा अडिग रहेकाले निर्वाचनबाटै नेतृत्वको टुंगो लगाउनुपर्ने सम्भावना बढेको छ । तर मन्चका अध्यक्ष दिनेश घिमिरेले भने यथासक्य सहमतिकै लागि प्रयास गरिने र नमिले मात्रै निर्वाचनको विकल्प प्रयोग गरिने बताए ।सन् २००४ मा औपचारिक रुपमा गठन भएको बेलायतस्थित मन्चमा बेलायतका विभिन्न ठाउंमा बसोबास गर्ने करिब ५ सय सदस्य छन । तर धेरैले समयमै सदस्यता नविकरण नगरेका कारण यो अधिवेशनमा करिब २ सय सदस्य मात्रै सहभागी हुने अध्यक्ष घिमिरेले जानकारी दिए ।
बेलायतस्थित प्रवासी मन्चको अधिवेशनलाई नेकपा एमालेको केन्द्र र नेताहरुले पनि चासोका साथ नियालीरहेका छन् । प्रवासमा रहेर पार्टीको संगठन विस्तार र विकासमा मात्र नभइ मन्चले पार्टीमा वैचारिक र रणनीतिक योगदान समेत पुर्याउंदै आएको छ । त्यस्तै विभिन्न समयमा पार्टीको शिर्ष तहमा देखिएका मतभेदहरु हटाउन समेत बेलायतस्थित मन्चले सार्थक पहलकदमी लिदंै आएकाले पनि मन्चलाई बल्खुले महत्वका साथ हेर्ने गरेको हो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग