Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा तिन पक्की पुल निर्माणका लागि अध्ययन

Published on 7:32:00 AM //

प्रेम सुनार 
गुल्मी ९, पुस । स्थानिय विकास मन्त्रालयका विज्ञहरु गुल्मीमा वन्न लागेका पक्की पुलहरुको वातावरण अध्ययन गर्न यस जिल्लामा आई पुगेका छन् । अर्खलेको बेंहोरो र हस्तीचौरको साँवाचौर जोड्ने पक्की पुल, शान्तिपुर हुग्दी जोड्ने र खर्जयाङ्ग–अमरअर्वाथोक जोड्ने पक्की पुल निर्माण पुर्व सो मन्त्रालयको स्थानिय सडक पुल विभागका वातवरण विद प्रकाश बस्नेत लगायतको टोली अध्यान गर्न आएको हो ।
  उनिहरु प्रथम चरणमा मंगलबार बेहोरे– साँवाचौर पुगेका छन् । यस अघि त्यहाँ सर्वे भई सकेको जिल्ला प्राविधिक कार्यालयका सव ईन्जिनियर रामबाबु शाहले बताए । खज्याङ्गमा डेड करोड लागतमा र अन्य २ वटा पुलहरु करिवा चार–चार करोडको लागतमा फागुन महिनादेखि निर्माण कार्य सुरु गरिने सो कार्यालयका ईन्जिनियर महेन्द्र आर्चायले जानकारी दिए ।
   अर्खले–हस्तीचौरमा पक्की पुल बनेपछि आखिर त्यस भेगका लागि स्थाई र ब्यस्त सडक तम्घासको बाख्रेछेडादेखि बेहेरोको सडक बन्ने भएको छ । त्यो सडक खनेको लामो समय भए पनि तम्घास सेउवा छल्दी पनाहमा पक्की पुल बनेपछि बडागाउँ, मुसिकोट , पौदी अमराई नेटा दर्लिङ्ग, हवाङ्गदी  र यता आँपचौर वामी, अर्लाङ्गकोट सम्मका जनताहरु घुमाउरोबाटो यात्रा गर्न बाध्य हुँदै आएका छन् ।
  उता निस्तेखोलाको रातडाँडा –बडागाउँ जोड्ने र बढिघाटको दोभान–ईन्द्रगौडा पक्की पुल निर्माण कार्य सडक डिभिजन कार्यालय पाल्पाले सुरु गरेको छ । जिल्ला विकास समितिले निर्माण गर्न लागेको अर्खले–हस्तीचौ जोड्ने , खज्र्याङ्ग–अमरअर्वाथोक, शान्तिुपुर हुँग्दी र सातमुरे पक्की पुल रहेको जिल्ला ईन्जिनियर लालु गिरीले बताए ।
 ‘त्यस मध्ये तिन वटा निर्मार्णधिन छन् ’–उनले भने–‘ सात मुरोको पुल निर्माण भई सक्यो र अँस्ती मात्रै मुख्य सचिव लिलामणी पौड्याल ज्युबाट उद्घाटन गराएका छौं । ’ उता सडक विभाग पाल्पाले बनाउने  वाग्लुङ्गको राक्से र मुसिकोटको अरेवा जोड्ने पक्की पुल भने सुरु गरेको तिन वर्ष नाघि सक्दा पनि आधा काम समेत हुन सकेको छैन् । सडक विभागले  सुरु गरेको सिमहाघाट र वामी खर्वाङ्ग पुल भने सम्झौता भन्दा धेरै लामो समयपछि सम्पन्न भएको छ ।
  

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग