Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मण्डेलाको श्रद्धाञ्जली सभामा परराष्ट्रमन्त्री जाने, तीन दिनसम्म राष्ट्रिय झन्डा आधा झुकाइने

Published on 8:49:00 PM //

काठमाडौं, मंसिर २२ - सरकारले दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति नेल्सन मण्डेला निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मंसिर २३ देखि २५ गतेसम्म तीन दिन राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को शनिबार साँझ बसेको बैठकले तीन दिनसम्म  सरकारी कार्यालय र विदेशस्थित कुटनीतिक नियोगमा राष्ट्रिय झन्डा आधा झुकाउने र कुनै पनि सरकारी औपचारिक समारोह नगर्ने निर्णय गरेको छ । बैठकले मंसिर २५ गते दक्षिण अफ्रिकामा हुने श्रद्धाञ्जली सभामा सरकारका तर्फबाट गृह एवं परराष्ट्र मन्त्री माधवप्रसाद घिमिरेको नेतृत्वमा एक प्रतिनिधिमण्डलले भाग लिने समेत निर्णय भएको छ ।
बैठकले मण्डेलाको निधनप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । ९५ वर्षीय मण्डेलाको शुक्रबार निधन भएको थियो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग