Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

भैंसी ब्यापारीहरु सावधान! अबैध भैंसी कारोवार विरुद्ध अव जनता

Published on 8:34:00 PM //

प्रेम सुनार
गुल्मी, ११ पुस । प्रशासनिक निकायले खासै चासो नदिएको भन्दै मासु प्रयोजनका लागि खरिद बिक्री गरिने भैंसीहरु रोक्न अव जनता आफै सक्रिय हुन थालेका छन् । स्थानिय तहमा चलेको लैनो भैंसीको मुल्य भन्दा बढि रकम तिरेर दुध दिने र ब्याँउने भैसी समेत खरिद गर्न आउने गिरोहलाई जनताले समातेर रोक लगाएका हुन् ।
जिल्लाका पौदी अमराई, मुसिकोट र बडागाउँमा यो क्रम बढेपछि जनता यसरी आफै सक्रिय हुन् बाध्य भएका हुन् ।  ‘मासुका लागि बिक्री हुँदा अव त गाउँमा भैसी पाउन पनि छाड्यो", बडागाउँका पुराना समाजसेवी चिनबहादुर ठकुरीले भने–‘ अव जनता आफैले रोक नलगाए भोलीका दिनमा मानिसहरुमा भैसी पालन केवल पैसाका लागि हो भन्ने र  दुध उत्पादनमा चासो नदिने मानसिकता बढेर जाने खतरा बढेकोले रोक लगाएका छौं । ’
 ठकुरी सहित बडागाउँ ३ का विष्णुबहादुर थापा लगायतका गैह्र दलितहरुले स्थानिय दलित अगुवाहरुसंग मिलेर भैसी बिक्री वितरणमा रोक लगाएका हुन् । गत वर्षदेखि यस कार्यमा सक्रिय उनिहरुले बुधवार पनि भैंसी खरिद गर्न आएका जिल्ला बाहिरका ब्यापारीहरुलाई समातेर खरिद गरेका भैंसीहरु फिर्ता गराएका छन् । गर्भधारणको समय पुगेका चारवटा थारा भैसी  समेत मंहगो मुल्यमा बडगाउँ ३ बाट बाग्लुङ्ग खरवाङ्गका बिक्रम परियार लगायतका ब्यापारीहरुले लैजाँदै गर्दा आफुहरुले समातेर फिर्ता गराएको स्थानिय दलित अगुवा डिलबहादुर बिश्वकर्माले बताए ।
चिनबहादुर, विष्णुबहादुर थापा लगायतका गैह्र दलित र केशरबहादुर बिश्वकर्मा, शेरबहादुर बिश्वकर्मा , धर्म विश्वकर्मा लगायतका दलितहरुले बाहिर लैजान लागिएका भैसीहरु रोक लगाई फिर्ता गरिएको उनले बताए । ’ स्थानियवासीका अनुसार खर्वाङ्गका बिक्रम परियार भैसी कारवारका पुरानो ब्यापारी हुन् । उनललाई धेरै पटक मुसिकोट , बडागाउँ पौदीअमराईका जनताले समाउँदै भैसी फिर्ता गर्दै गरे पनि उनले अटेरी गर्दै आएका छन् । उनले ति गाउँबाट खरिद गरिएका भैंसी बुर्तिबाङ्ग, बाग्लुङ्ग बजार र पोखरा सम्म ट्रकमा कोचेर लैजाने गरेका छन् । ब्याँउन छाडेका भैंसी भन्दा पनि धोरा ( पाडी ) भैसीहरु उनिहरुले खोज्नुको कारण राँगाको मासु भनेर उपभोक्तालाई झुक्याउनका लागि  भएको बताईएको छ ।
 मासु प्रयोजनका लागि भैंसी बिक्री वितरण्मा प्रशासनले खासै वास्ता नगरेको स्थानियवासीको गुनासोका सम्वन्धमा प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले रिडी नाकाबाट बाहिर लैजान लागिएका भैसीहरु प्रशासनले रोक लगाउँदै आएको बताए । भने–‘ के तपाईलाई थाह छैन् र ? अँस्ती मात्रै हामीले त्यति धेरै भैंसीहरु रिडीमा समातेर फितौ गराएका छौं । ’  तर बाग्लुङ्ग नाकाबाट त्यसरी भैसीहरु बाहिरन्छन् भन्ने कुरा भने मलाई थाह थिएन् ’–उनले थपे–‘ ठिक छ त्यस तर्फका प्रहरीहरुलाई भनेर रोक लगाउने छौं । ’

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग