Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रहेनन् नेल्सन मण्डेला

Published on 6:03:00 AM //

०५ डिसेम्बर । दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपती नेल्सन मण्डेलाको ९५ वर्षको उमेरमा बिहीवार राति निधन भएको छ । यसको औपचारिक घोषणा दक्षिण अफ्रिकाका राष्ट्रपति ज्याकब जुमाले गर्नुभएको हो । दक्षिण अफ्रिकाको रंगभेदी शासन अन्त्य गर्न नेतृत्वदायी भूमिका खेलेका स्वर्गीय मण्डेला अफ्रिकाको इतिहासमा २७ बर्ष लामो जेल जीवनपछि राष्ट्रपतिको रुपमा चुनिनु भएको थियो । मण्डेला देशकै पहिलो अश्वेत राष्ट्रपतिको रुपमा समेत परिचित हुनुहुन्थ्यो । मण्डेला सन् १९९३ मा नोबल शान्ति पुरस्कारबाट समेत सम्मानित हुनुभएको थियो ।
सन् १९९९ मा राष्ट्रपतिको जिम्मेवारी छोडे पछिका समयमा मण्डेला दक्षिण अफ्रिकामा सबैभन्दा बढी सम्मानित व्यक्तित्वको रुपमा परिचित हुनुभएको विविसीले आफ्नो अनलाईन संस्करणमा उल्लेख गरेको छ । एचआइभी एड्स विरुद्धको अभियानमा र आफ्नो देशलाई सन् २०१० मा विश्वकप फुटबल खेल आयोजना गर्ने अधिकार दिलाउनमा मण्डेलाले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको बताइएको छ ।
१९८० को दशकमा रब्बेन आइल्याण्ड स्थित जेलमा रहँदा मण्डेलालाई क्षयरोग भएको थियो भने एक वर्ष अघि उहाँ पेटसम्बन्धी पुरानो रोगको उपचारमा सँलग्न हुनुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । यस्तै उहाँ लामो समयदेखि फोक्सो सम्बन्धी रोगबाट समेत पीडित हुनुहुन्थ्यो । सन् १९६८ र १९६९ एक बर्षको बीचमा मण्डेलाकी आमाको मृत्यु भएको थियो र उनका जेठा छोराले कार दुर्घटनामा ज्यान गुमाएका थिए ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग