Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

चर्चित नेतासँग पनि कडा टक्कर थियो महिलाको

Published on 6:22:00 AM //

सीता शर्मा
काठमाडौँ, मङ्सिर २० गते ।  यही मङ्सिर ४ गते सम्पन्न संविधानसभा निर्वाचनको प्रत्यक्षतर्फ १० महिलामात्रै विजयी भए पनि केही महिला चर्चित नेतासँग कडा टक्कर लिन सफल भए ।
यसरी टक्कर लिन सफल नेत्रीमध्ये सुनसरी–३ मा नेकपा (एमाले)बाट प्रत्यक्षतर्फका उम्मेदवार भगवती चौधरी एक हुनुुहुन्छ ।
उहाँ आफ्नो प्रतिस्पर्धामा रहेका फोरम लोकतान्त्रिकका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसँग ३६२ मतअन्तरले मात्र हार्नुभयो ।  यो क्षेत्रमा नेपाली काँग्रेसका तर्फबाट चुनावी प्रतिस्पर्धाका रहेकी गोमा पराजुली (अन्सारी)ले पनि तेस्रो स्थानमा मत प्राप्त गर्नुभयो ।
यस्तै एमालेकै अर्की नेत्री जुलीकुमारी महतो नेपाली काँग्रेसका महामन्त्रीसमेत भइसक्नुभएका विमलेन्द्र निधिलाई पछ्याउँँदै एक हजार ४२९ मतले हार्नुभयो ।
उता सुर्खेत–१ मा नेपाली काँग्रेसका पूर्वमन्त्री पूर्णबहादुर खड्कालाई एमालेकै अर्की नेत्री कमला शर्माले कडा चुनौती दिनुभयो ।  विजयी खड्कासँग शर्माको एक हजार नौ सय मतमात्रै फरक रह्यो ।
काठमाडौँ–२ मा नेपाली काँग्रेसबाट चुनावी प्रतिस्पर्धामा रहनुभएकी प्रतिमा गौतम नेकपा
(एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालको निकटतम प्रतिस्पर्धीका रूपमा रहनुभयो ।  उहाँले ल्याउनुभएको मत एमाओवादीका नेता लीलामणि पोखरेलको भन्दा पाँच हजार बढी थियो ।
त्यसैगरी महोत्तरी–४ बाट सद्भावना पार्टीका सुरिता साह आफ्नो प्रतिस्पर्धामा रहनुभएका स्वतन्त्र उम्मेदवार चन्देश्वर झासँग १३५ मतले पराजित हुनुभयो ।  सबैभन्दा थोरै मतान्तरले हार्ने नेत्रीमध्ये नेपाली काँग्रेसका प्रमिला राई हुनुहुन्छ ।  उहाँलाई जम्मा २३ मतान्तरले हराउने महिला नेत्री नै हुनुहुथ्यो, नेकपा (एमाले)बाट मञ्जुकुमारी चौधरी ।
यसैगरी नेपाली काँग्रेसबाटै ताप्लेजुङ–१ बाट प्रतिस्पर्धामा रहनुभएकी लीलादेवी बोखिम (लिम्बू)ले १३९ मात्र कम मतले हार्न पुग्नुभयो ।  नेकपा (एमाले)को तर्फबाट कम मतान्तरले हार्नेमा गुल्मी–१ की मैनाकुमारी भण्डारी (१५९ मत), रौतहट–४ की सरलाकुमारी यादव (१९२ मत) र झापा–२ की पवित्रा निरौला (७२९ मत) हुनुहुन्छ ।
राजनीतिक विश्लेषक सीके लालले प्रत्यक्षतर्फको निर्वाचनमा पहिलो हुनेले जित्ने भएकाले त्यसले बढी महìव पाउँछ तर प्रतिस्पर्धी चुनावमा दोस्रो र तेस्रो स्थानमा रहेर टक्कर दिएकालाई पनि कमजोर भन्न नमिल्ने तर्क गर्नुभयो ।
उहाँले महिलाले एकातिर थोरै सिट पाए भने अर्कातिर सिट पाउने महिलाले पनि पार्टीको कमजोर प्रभाव भएको ठाउँमा पाए ।  यसले गर्दा यस पटकको प्रत्यक्ष निर्वाचनमा कम महिलामात्रै आएका हुन् भन्नुभयो ।
विश्लेषक सीके लालले भन्नुभयो, “पार्टीको सङ्गठन बलियो भएको स्थानमा महिला पुरुष भन्ने हुँदैन, जसले पनि जित्छ तर विडम्बनाको कुरा के छ भने पार्टीको नेतृत्व तहमा रहेका पुरुष नेतामा महिलाले चुनाव जित्नै सक्दैन भन्ने सोच र चिन्तन हावी छ । ”
एमालेकी नेत्री बिन्दा पाण्डेले आर्थिक सहयोग वितरण र कार्यकर्ता परिचालनमा समेत पुरुष उम्मेदवारलाई महìव दिइएको भन्दै पार्टीले पुरुष उम्मेदवारलाई जति नै महìव दिएर सहयोग गरेको भए यस पटक प्रत्यक्षमा निकटतम प्रतिस्पर्धीमा रहेका अधिकांश महिलाले जित्ने सम्भावना रहेको बताउनुभयो । -गोरखापत्र दैनिकबाट

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग