Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पच्चीस लाखको जग्गा निःशुल्क प्रदान

Published on 12:21:00 PM //

बागलुङ, मङ्सिर  १७ गते  । द्वन्द्वकालमा क्षतिग्रस्त बनेको गाविस भवन निर्माणका लागि यहाँका एक व्यक्तिले रु २५ लाख मूल्यबराबरको जग्गा निःशुल्क प्रदान गर्नुभएको छ ।
जिल्लाको मल्म गाविस वडा नं ६ निवासी वसन्तबहादुर क्षेत्रीले मल्म गाविसको नयाँ भवन निर्माणका लागि उक्त जग्गा प्रदान गर्नुभएको हो । मल्म–६ आँगाखेतमा रहेको गाविस भवनको पुनर्निर्माणका लागि शान्ति तथा तथा पुनर्निर्माण मन्त्रालयले रु ३० लाख बजेट छुट्टाएपछि भवन निर्माणका लागि थप जग्गाको खोजी भइरहेको थियो ।
क्षेत्रीले स्थानीय मूल्याङ्कनअनुसार रु २४ लाख ७० हजार मूल्यबराबरको जग्गा गाविसलाई प्रदान गरेको गाविस सचिव ईश्वरीप्रसाद आचार्यले बताउनुभयो । क्षेत्रीले गाविसको भवन नभएको अवस्थामा गाविसवासीलाई सेवा सुविधा पुगोस् भन्दै भवन निर्माणका लागि जग्गा निःशुल्क उपलब्ध गराएको बताउनुभयो ।
जग्गाको लम्बाइ २९ फिट र चौडाइ २८ फिट रहेको गाविसले जनाएको छ । स्थानीय उद्योगपतिसमेत रहनुभएका क्षेत्रीले गाविस भवन निर्माणका लागि जग्गा उपलब्ध गराएपछि भवन निर्माण कार्य तत्काल सुरु हुुने जिल्ला विकास समिति बागलुङका स्थानीय विकास अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिनुभयो ।
गाविस भवन निर्माणका लागि क्षेत्रीले जग्गा प्रदान गरेपछि गाविसको सर्वदलीय बैठकले धन्यवाद प्रस्ताव पारित गरेको छ । गाविस सचिव ईश्वरीप्रसाद आचार्यले सोमबार नै जग्गा गाविसको नाममा नामसारी हुने जानकारी दिनुभयो । -रासस

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग