Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी प्रहरिद्वारा बिभिन्न हत्या अभियोगमा पक्राउ अभियुक्तहरु सार्वजनिक

Published on 3:52:00 AM //

शिबलाल सुबेदी
गुल्मी, ३० मंसिर । बिभिन्न हत्यामा संलग्न भएका हत्यारालाई जिल्ला प्रहरी कार्यलय गुल्मीले पक्राउ गरि सार्वजनिक गरेको छ । जिल्लाका तिनवटा गाविसमा छुटा–छुट्टै ब्यक्तिको हत्या गर्ने तीन जनालाई प्रहरीले आईतबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो ।
गत मसिंर ७ गते जिल्लाको अम्मरपुर गाविस ४ का ५८ बर्षिय पुने सुनारको हत्या गर्ने जिल्लाकै धुर्कोट रजस्थल ६ का कपुर बिक, मसिंर २६ गते अस्लेवा गाविसका ३१ बर्षिय पदम प्रसाद पाण्डेको हत्या गर्ने ठुलो लुम्पेक गाविस ८ का जगं बहादुर कुवंर भन्ने गगां बहादुर कुवंर र जिल्लाकै दर्लिङ्ग गाविस ९ बस्ने बर्ष ५३ का मेघ बहादुर पाण्डेको हत्या गर्ने सोही गाविस ९ कै हर्क बहादुर घर्तीलाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको हो । सार्वजनिक भएकाहरु तीर्न जनाले आफुहरुले नै हत्या गरेको स्वीकार गरिसकेको जिल्ला प्रहरी कार्यलय गुल्मीका निमित्त प्रहरी प्रमुख प्रहरी निरिक्षक निशान्त्त श्रीवास्तवले जानकारी दिनुभएको छ । घटनामा सलग्नहरु मध्ये कपुर बिक र हर्क बहादुर घर्तीलाई प्रहरीले गाउंबाटै पक्राउ गरेको हो भने गगां बहादुर कुवंर हत्या गरेर फरार भएपछि छिमेकी गाविस ग्वादीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । तीन घटनामध्ये  दर्लिङ्गका हर्क बहादुर घर्तीले २०५४ सालमा खुकुरी प्रहार गरि आफनै बाबु लाल बहादुर घर्तीको हत्या गरि जेल जिवन बिताएर २०६४ सालमा कारगारबाट बाहिर निस्केको समेत प्रहरीले जनाएकोछ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीले आईतवार सार्वजनिक गरेका अभियुक्तहरु  । तस्बिर: प्रेम सुनार 
यस्तै आईतबार नै प्रहरीले जिल्लाको इस्मा दोहोली ४ मा ६ बर्षिय रिमा नाम परिर्वतित बालिकालाई जवरजस्ती करणी गर्न खोज्ने एक जनालाई समेत सार्वजनिक गरेको छ । मसिंर २९ गते दिउसो बालिकालाई चकलेट दिन्छु भन्दै फकाई फुलाई जवरजस्ती करणी गर्न खोज्ने स्थानीय छिमेकी ५५ बर्षका चन्द्र बहादुर खड्कालाई प्रहरीले सार्वजनिक गरेको हो । जवरजस्ती करणी गर्न खोज्ने खड्कालाई मुद्दा चलाइएको प्रहरीले जानकारी दिएको छ । 

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग