Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मेली समाज अस्ट्रेलिया गठन, अध्यक्षमा खरेल

Published on 4:06:00 AM //

सिड्नी । गुल्मी जिल्लाबाट आएर अस्ट्रेलियामा बसोवास गर्ने नेपालीहरुको भेलाले भिम खरेलको अध्यक्षतमा गुल्मेली समाज अस्ट्रेलिया गठन गरेको छ । डिसेम्बर १५ आइतवारका दिन सिड्नीको दक्षिण क्यान्डि्रक पार्क टेम्पेमा भएको यो भेलाले उपाध्यक्ष पद पछि पूर्ति गर्ने गरि मेलवर्नको लागि छुट्टयाएको छ ।

१३ सदस्सीय कार्यसमितिको सचिव श्याम केसी, सह-सचिव सुभाष ज्ञवाली र कोषध्यक्षमा भिष्म भण्डारी रहेका छन् । यस्तै समाजको साँस्कृतिक सचिव माया थापा र सदस्यहरुमा चतुर्भुज खरेल, बिज्ञान कार्की, सुभाष गौतम, कृष्ण सापकोटा, कमला बस्नेत जीसी, विष्णु भुषाल र मन्जु पौडेल रहेका छन् ।

करिब एक सय भन्न्दा बढी गुल्मेलीहरु सहभागी भएको यो भेलामा गैर आवसीय नेपाली संघका प्रवक्ता मन केसीले पदाधिकारीहरुको नाम घोषणा गर्दै सम्पुर्ण पदाधिकारीहरुको कार्यकाल सफलताको लागि शुभकामना दिएका थिए । अध्यक्ष भिम खरेलले आफ्नो जन्म थलो, अध्ययन गरेको विद्यालय र गाउँ बेसीको विकासमा समाज सक्रिय हुने विचार राखेका थिए । कार्यक्रममा सिड्नी वाहेक क्यानवेराबाट समेत सहभागिहरु भेलाले भएका थिए ।

एक अनौपचारिक तथ्याङक अनुसार अस्ट्रेलिया भरी करिव १५ सय भन्दा बढी गुल्मीवासि नेपालीको वसोवास रहेको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग