Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

६ वार्षिया बालिकालाई करणी उद्योग गर्ने ५५ वर्षिय पुरुष प्रहरी खोरमा

Published on 3:28:00 AM //

प्रेम सुनार
गुल्मी, २९ मंसिर । गुल्मीको दोहली गाविसको एक ५५ बर्षिय पुरुषले हिजो स्थानिय ६ वािर्षया वालिकालाई जवरजस्ती करणी उद्योग गरेका अभियोगमा प्रहरीले पक्राउ गरी आज निजलाई सार्वजानिक गरेको छ । दोहली ४ निवासी ५५ वािर्षय चन्द्रबहादुर खड्काले हिजो दिउँसो करिव २ वजेको समयमा छिमेकिको ६ वािर्षया वालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा निजलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयले आज सार्वजानिक गरेको हो ।
पत्रकार सम्मेलन गरी सार्वजानिक गरिएको उक्त घटनाका सम्वन्धमा निमित्त जिल्ला प्रहरी प्रमुख निशान्त श्रीवास्तलले निज चन्द्रबहादुर आफु र बालिकालाई नग्न पारी त्यस्तो कुर्काय गर्न लागेको बेला उनका परिवारले समातेर प्रहरीलाई बुझाएको बताए । निज विरुद्ध वालिका जवरजस्ती करणी उद्योग सम्वन्धी मुद्धा अदालतमा जाहेर गरिएको प्रहरी निरक्षक श्रीवास्तवले जानकारी दिए । 

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग