Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

विहे गर्न नमान्ने युवतीमाथि तेजाब खन्याइयो

Published on 4:35:00 PM //

धनगढी, १० पुस । आफूसँग विवाह गर्न नमानेको भन्दै विक्षिप्त मनस्थितिमा पुगेका युवकले हानेको तेजाबका कारण कैलालीमा एक युवती घाइते भएकी छन् ।
पीडित युवतीका परिवारले ढिलोगरी  आइतबार मात्रै कार्यालयमा जाहेरी दिएकाले गत मंसिर २४ गते भएको बाहिर आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेश पण्डितले बताउनुभयो ।
गेटा गाविस-४ का २३ वर्षका रवीन्द्र ठगुन्नाले स्थानीय विद्यालयमा १२ कक्षामा अध्ययनरत १९ वर्षकी युवतीको शरीरमा विद्यालय जाँदै गरेको मौकामा तेजाब हानेपछि युवतीको अनुहार र घाँटीमा गम्भीर चोट पुगेको छ । घटनालगत्तै फरार अभियुक्त ठगुन्नालाई प्रहरीले काठमाडौँबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कैलालीमा पुर्‍याएको छ ।
विवाहका लागि मगनी गर्न जाँदा युवती पक्षले नमानेपछि अभियुक्तले युवतीमाथि तेजाब  हान्नेसम्मको दुस्साहस गरेको जनाइएको छ । युवकमाथि ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दर्ता गरी कारबाहीको प्रक्रिया अघि बढाइएको पण्डितले बताउनुभयो । घाइते युवतीको हाल काठमाडौँमा उपाचार भइरहेको बताइएको छ । रासस

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग